29 November 2021  |   सोमवार, मंसिर १३, २०७८

शिक्षण अस्पताल कोहलपुरमा सुत्केरीको मृत्यु,, डाक्टरको लापरबाहीका कारण मृत्यु भएको आफन्तको आरोप

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, कार्तिक १, २०७८  

कोहलपुर  : बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । शल्यक्रिया मार्फत जुम्लयाहा बच्चा निकालिएकी एक महिलाको अस्पतालमा मृत्यु भएको हा । मृत्यु हुनेमा कैलाली, गौरीगंगा–९ मसुरिया निवासी २३ वर्षीया कमला धामी रहेकी छन् ।

शल्याक्रियापछि सामान्य अवस्थामा रहेकी उनी पछि बेहोस भएको आफन्तले बताएका छन् । मृतकका जेठाजु रमेशबहादुर धामीका अनुसार बुहारी एक्कासी बेहोस भइन् । तर चिकित्सकको लापरबाहीका कारण उनको ज्यान गएको हो । उनले चिकित्सक माथि कारबाहीको माग गर्दै अहिलेसम्म शव नबुझेको बताए ।

घरमा कमलालाई पीडा भएपछि असोज २७ गते सेती अस्पताल पुर्याइउको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई अस्पताल कोहलपुर रिफर ग¥यो । धामी असोज २८ गते विहान कोहलपुर ल्याइएको बताउँछन् ।

अस्पतालका डाक्टरसँगको सल्लाह, परामर्श गरेर २९ गते कमलालाई शल्यक्रिया कक्षमा लगिएको उनको भनाइ छ ।
रमेशले अप्रेशन पश्चात कमलाले आफन्तसँग कुराकानी समेत गरेको बताए । पछि एक्कासी बेहोस भएपछि थप उपचारको लागि काठमाडौं लिनको सहयोग माग्दा डाक्टरहरुले बेवास्ता गरेको उनको गुनासो छ ।

बेहोस भएको धेरै समयपछि आइसियूमा राखिएको र राम्रो उपचार नपाएर मृत्यु भएपनि अस्पतालले आफुहरुलाई जानकारी नदिएको उनका आफन्तको आरोप छ ।
अहिलेसम्म आफन्तले शव बुझेकाक छैनन् । उनका श्रीमान समेत बेहोस छन् । उनले बुहारीको मृत्युबारे छानविन हुनुपर्ने माग गरेका छन् ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका प्रशासकीय अधिकृत सन्जु पन्तले सुत्केरीको ‘ब्रेन डेथ’ भयो भन्नेबारे आफुले सामान्य जानकारी पाएको र सम्बन्धित डाक्टरको टिमसँग बुझ्ने काम गरिरहेको बताइन् ।

प्रकाशित मितिः सोमवार, कार्तिक १, २०७८     11:12:45 AM  |