सवारी दुर्घटनाको विषयलाई लिएर बर्दियाको बाँसगढीमा गरेको चक्काजाम खुलेको छ । बाँसगढी ८ लक्ष्मणा चोकमा गत असोज २७ गते पश्चिमतर्फ गइरहेको बसको ठक्करबाट स्थानीय एक बालकको मृत्यु भएको थियो ।
सोही विषयलाई लिएर मृतकका आफन्तहरुले दिउँसो बाँसगढी बजारमा चक्काजाम गरेका थिए । उनीहरुले बस मालिक र बस समितिका मानिसहरु क्षतिपूर्तीको विषयमा छलफल गर्न नआएको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।
भोली आइतबार बस मालिक र समितिका मान्छे आउने बताइएपछि उनीहरुले चार घण्टापछि चक्काजाम खोलेका हुन् । चक्काजामका कारण सयौं यात्रुहरु बाटोमा नै अलपत्र परेका थिए ।
प्रकाशित मिति : २०७८ असोज ३० गते शनिबार










प्रतिक्रिया दिनुहोस्