बाँकेबाट न्याय माग्दै काठमाडौं पुगेकी अधिकारकर्मी रुवी खान अस्पताल भर्ना



काठमाण्डौ 

महिला अधिकारकर्मी रुवी खानलाई अस्पताल भर्ना गरिएको छ ।

नौ दिनदेखि आमरण अनसनमा रहनुभएकी खानको स्वास्थ्यमा समस्या आएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो । श्वासप्रश्वासमा समस्या हुनुका साथै शरीरमा पानीको मात्र कम भएपछि उनलाई अस्पताल भर्ना गरिएको जनाइएको छ ।

बाँकेका दुई जना महिलाको हत्यारालाई कारबाहीको माग गर्दै समूहसहित नेपालगञ्जबाट २० दिन हिँडेर काठमाण्डौ आएकी रुवीलाई प्रहरीले पक्राउ गरेको थियो ।

उनीलाई काठमाण्डौबाट पक्रेर प्रहरीले पुनः बाँके पुर्याएको थियो । सर्वोच्च अदालतको आदेशपछि खान गएको बिहीबार छुटेकी थिइन् । रु​​वीले बाँकेको प्रहरी हिरासत र अस्पतालमा समेत आमरण अनशन सुरु गरेकी थिइन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज ३० गते शनिबार