19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

रेसिङ्ग सहारा क्लब कोहलपुरलाई खुल्ला फुटबलको उपाधि

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, अशोज २८, २०७८  

बाँसगढी : मधुर पौडेल
रेसिङ्ग सहारा क्लब कोहलपुरले खुल्ला फुटबल प्रतियोगिता २०७८ को उपाधी हात पारेका छ। जीवन ज्योती युवा क्लबको आयोजनामा सम्पन्न उक्त प्रतियोगिताको बुधबार भएको फाइनल खेल निधारित समय मा १(१ को बराबरी मा सकिएको थियो ।बराबरीमा खेल सकिएपछि खेल ट्राईबेकर बाट विजेता घोषणा भएको हो । ट्राईबेकर मा १५ १५ जना ले हान्दा पनि नतिजा निस्किन नसके पछि आज बिहान ८ बजे फेरि ट्राईबेकर खेल्न लगाईएको थियो ।उक्त ट्राईबेकर मा ५(४ को जित निकाल्दै रेसिङ्ग सहारा विजेता बनेको हो।


प्रतियोगिताको समापन समारोह बासगढी नगरपालिका वडा न ८ का वडा अध्यक्ष तुल्सी गौतमको प्रमुख आतिथ्य, विशिष्ट अतिथी युवा सन्जाल का अध्यक्ष एकनारयण अधिकारी र जिवन ज्योती युवा क्लबका अध्यक्ष रविन शाहको अध्यक्षतामा आतिथ्यमा कार्यक्रम समापन गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी तुलसी गौतमले मानव स्वास्थको अभिन्न अंग खेलकुदको पहुँच स्थानिय स्तर सम्म पुग्नु पर्ने बताइन् ।

पछिल्लो समयमा खेलकुदको विकास प्रतिको चासो र चिन्तन आम नागरिकमा बढेको भन्दै स्पष्ट खेल बिकासको अबधारणा स्थानिय तह तह सम्म लैजानु पर्ने आवश्यकता औल्याए । । जीवन ज्योतीका अध्यक्ष रविन शाहले खेलमा कि जितिन्छ कि सिकिन्छ तर कहिले हारिदैन र जहिले पनि अनुशासित रहे र खेल खेलेमा सफलता हासिल गर्न सकिन्छ भन्ने भनाई राख्दाइ खेलाडीहरुलाई हौसाउदै आफ्नो मन्तब्य राख्नु भएको थियो ।

विजेता तथा उपविजेता टिमलाई युवा सन्जालका अध्यक्ष तथा समाजसेवी एकनारयण अधिकारी ,८ न वडा अध्यक्ष तुलसि गौतम ,उक्त खेल को मुख्य प्रायोजक सिस्ने गुरुप नेपालगन्जका प्रतिनिधि जिवन ज्योती युवा कलब का अध्यक्ष रविन शाहा लगायतले ट्रफी, मेडल, प्रमाण पत्र तथा नगद पुरस्कार वितरण गरेका थिए । विजेताले रु १००००० तथा उपविजेताले नगद पुरस्कार रु ५०,००० रु नगद प्राप्त गरे साथ मा
साथमा शिल्ड, मेडल, ट्रफी ,प्रमाणपत्र प्रदान गरेको युवा क्लबका अध्यक्ष रविन शाहले जानकारी दिए ।

र खेल भरी सार्वधिक गोलकर्ता रेसिङ्ग सहारा का खेलाडी विजय सिह ठकुरी भएको र उनलाई नगद, ट्रफी ,प्रमाणपत्र प्रदान गरेको र पेल्यर अफ टुनामेन्ट विजय सिह ठकुरीलाई नगद ,ट्फि र प्रमाणपत्र वितरण गरेको र खेल भरी सर्वोउत्कृष्ट खेल खेलेर सव्रो उत्कृष्ट खेलाडी बेलौलीका खेलाडी सन्तोष बि क घोषित भएको जीवन ज्योति युवा कलबका अध्यक्ष रविन्द्र जङ्ग शाहले जानकारी दिए ।
प्रतियोगिता आमा चोक लछमणामा भएको थियो । प्रतियोगितामा १२ वटा क्लबहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः बिहिबार, अशोज २८, २०७८     9:42:27 PM  |