19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

सञ्चारमन्त्री शर्मालाई गृह जिल्लामा स्वागत

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, अशोज २८, २०७८  

बर्दिया :
लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलक राम शर्मालाई गृह जिल्लामा स्वागत गरिएको छ।प्रदेश मन्त्रीमा नियुक्ति पछि पहिलो पटक बर्दिया आएका प्रदेश सरकारका मन्त्री शर्मालाई स्वागत गरिएको हो ।

गृह जिल्ला प्रवेशका क्रममा ने क पा माओवादी केन्द्रका केन्द्रका बर्दिया जिल्ला अध्यक्ष भवन कुमार चौधरी, जिल्ला सचिवालय सदस्य एवम् बढैया ताल इन्चार्ज राधा आचार्य लगायतका नेता तथा कार्यकर्ताले बाँसगढीमा स्वागत तथा सम्मान गरेका थिए ।

लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री माननीय शर्माले आफ्नो गृह जिल्ला पुग्ने क्रममा मुगु बस दुर्घटनामा घाईते भई नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बिरामीहरूलाई भेटी हौंसला प्रदान गरेका हुन् ।

उनले मेडिकल कलेजका प्रबन्ध संचालक डाक्टर सुरेश कुमार कानोडियासंग घाईते बिरामी हरूलाई आवस्यक उपचारमा कुनै पनि कमी कमजोरी हुन निर्देशन दिएका छन् ।

प्रकाशित मितिः बिहिबार, अशोज २८, २०७८     8:39:58 AM  |