19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

‘द्धन्द्ध पीडितका लागि न आयो दशैं न आए खुसी’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, अशोज २७, २०७८  

नेपालगन्ज : लामो समय देखि न्यायको प्रतिक्षामा रहेका द्धन्द्ध पीडितहरुले न्यायको अनुभुतिनगर्दासम्म दशैको उमंगको नछुने बताएका छन् ।
द्धन्द्ध पीडितहरुसंगको सहकार्यमा एडभोकेसी फोरमले आयोजना गरेको नेपालीहरुको महानपर्व बिजयादशमी, दिपावली, नेपाल सम्बत छट पर्वको पावन अवसरमा द्धन्द्ध पीडितहरुको भावनात्मक पीडा तथा शुभकामना आदानप्रदान तथा संक्रमणकालिन न्यायसम्बन्धी छलफल कार्यक्रमका सहभागी पीडितहरुले यस्तो प्रतिक्रियादिएका हुन ।


कोहलपुरकी देउसरा बिकलाई बर्षेनीआउने दशै खल्लो लाग्ने गरेको बताईन । अरुका घरमा चाडवाडको रमझम हुँदा मलाई बेपत्ता श्रीमान धनबहादुरको सम्झनाले अझ बढी सताउने गदछ ।मर्न खुसी नभएपनि बच्चाबच्चीको खुसीका लागि दशै मनाउनै पर्यो । जिवन कालमै श्रीमानको अवस्था थाहा पाउन पाए ढुक्कले चाडवाड मनाउन पाईथ्यो’। पीडितहरु माझदशैको शुभकामनादिदै देउसराले भनिन ‘हामीलाई जस्तो पीडा अरु कसैले भोग्नु नपरोस’ ।

बाँके टिटीहिरियाकी द्धन्द्ध पीडित बिनिता चौधरीलाई चाडवाड नआएहुन्थ्यो जस्तो लाग्छ । द्धन्द्धकालमा तत्कालिन बिद्रोही पक्षले उनका बुवालाई घरैमा आई हत्या गरेको घटनाका कारण बुवाबिनाको चाडवाड उनलाई खल्लो लाग्छ । भावना साटासाट गर्न नेपालगंजमाजम्मा भएका द्धन्द्ध पीडितहरु माझ भक्कानिदै उनले भनिन । चाडवाडमा बुवाको धेरै सम्झना आउछ । यतिका बर्ष न्यायको प्रतिक्षा गरियो खै न न्याय पाईयो न त चाडवाड राम्ररी मनाउन नै पाईयो’ ।

देउसरा र बिनितालाई मात्रै होईन । द्धन्द्ध पीडितहरु चन्द्रकला उप्रेती, सुनिता गोडिया, तुल्सी बिष्ट, उषा दाहाल, रेवती बिक लगायतलाई चाडवाडको रौनकताले छुदैन । कारण हो यतिका बर्षसम्म पनि बेपत्ता पारिएका आफ्ना श्रीमानको अत्तोपत्तो लाग्न नसक्नु । चाडवाडमा प्रिय मान्छे नहुँदा द्धन्द्ध पीडितलाई उनीहरुको सम्झनाले सताउने गर्दछ । त्यसमा यतिका बर्षसम्म न्यायको प्रतिक्षामा बसेका उनीहरु सरकारी उदासिनका कारण झन निरास छन् । न्याय नपाउदा आक्रोसित पनि छन् ।

चाडपाड नजिकिएको सन्दर्भमा द्धन्द्ध पीडितहरुको भावनात्मक पीडा तथाशुभकामनाआदानप्रदान गर्ने र संक्रमणकालिन न्यायको पछिल्लो अवस्थाबारे छलफल गर्न द्धन्द्ध पीडितहरु नेपालगंजमा जम्मा भएका थिए ।

कार्यक्रममाअधिकारकर्मी वसन्तगौतमले सरकारले द्धन्द्ध पीडितलाई न्यायको अनुभुतिदिलाई चाडवाड बनाउने वातावरण बनाउनु पर्नेमा जोड दिए । न्याय पाउनु पीडितको अधिकार भएकाले द्धन्द्ध पीडितको न्यायमा राज्य गम्भिर बन्नु पर्नेमा गौतमले जोड दिए । पीडितहरु एक आपसमा भावना साटाटा गर्दा दुख पीडा बिर्सन मद्धत पुग्ने भएकाले एक कार्यक्रमको आयोजना गरिएको गौतमले बताए ।

पीडितहरु एक आपसमा जम्माभई आफ्ना भावना साट्न पाउदामन हल्का भएको न्यायको लागी द्धन्द्ध पीडित समाज बाँके अध्यक्ष चन्द्रकला उप्रेतीले प्रत्तिक्रिया दिईन ।
द्धन्द्ध पीडित साझा चौतारीकी ५ नं प्रदेश संयोजकसमेत रहेकी बेपत्ता परिवारकी सदस्य चन्द्रकला उप्रेतीले सत्य आयोग र बेपत्ताआयोगले पीडितका लागी केही गर्न नसकेको बताउदै न्याय नपाउदा सम्म पीडितहरु एक जुट भई न्यायिक अभियान संचालन गरिरहनु पर्नेमा जोड दिईन । सरकारले बेपत्ता परिवारका एकल महिलालाई सामाजिक सुरक्षा भत्ताका ब्यवस्था गर्नु पर्ने र पीडितहरुको आवश्यकता र चाहाना र सन्तुष्टि मिल्ने खालको परिपुरणको ब्यवस्था गर्नु पर्ने उप्रेतीले जोड दिईन ।

द्धन्द्ध पीडितहरु इब्राहिमखाँ, रेवती बिक, देवीसरा बिक, उषादाहाल, बिनिता चौधरी, तुल्सी बिष्ट लगायतले जति पीडा परे पनि छोराछोरी र परिवारको खुसीकालागी चाडावाड मनाउनु पर्ने बाध्यता रहेको बताउदै चाडवाडमा बेपत्ता र मृतक आफन्तको अझ बढी यादले सताउने गरेको बताएका थिए ।

न्यायकोलामो प्रतिक्षामा रहेका पीडितहरुलाई दशै खल्लो हुने गरेको उल्लेख गदैै पीडितहरुले मनमा खिन्नता लिएर पनि चाडवाड मनाउन बाध्य भएको बताएका थिए । जुनपर्व आउदापनि बेपत्ताआफन्तको सम्झनाआउने भन्दै पीडितहरुले पीडितहरु यसरी जम्माभई भावना साटासाट गर्दा पनि मन हल्का हुने गरेको बताएका थिए ।

द्धन्द्ध पीडित मुकेस सिंह कुवरले न्यायनपाई पीडित सब्द सुन्दा सुन्दाझनै पीडा हुने गरेका बताए ।बेपत्ता परिवारकीतुल्सा पाठकले सबैका पीडा आफ्नै ठाउँमा रहेको भन्दै आफ्नो पीडा आफैले ब्यहोर्नु पर्ने भएकाले यस्ता पीडितहरु बिचको भावना साटासाटले मन हल्का गराउने बताईन ।

कार्यक्रममा सहभागी सबै द्धन्द्ध पीडितहरुले मनकालागेका भावना र पीडा ब्यक्त गर्दै दुखित मनलाई सुखमा बदल्न न्यायको अभियानलाई जारी राख्नु पर्ने बताएका थिए ।
पीडितहरुले न्यायको अनुभुतिन गर्दा सम्म आफुहरुलाई चाडवाडको वास्तविक रौनकताले नछुने भएकाले पीडितको न्यायको लागी राज्यगंभिर बन्नु पर्नेमा जोड दिएका थिए ।

प्रकाशित मितिः बुधबार, अशोज २७, २०७८     7:50:59 PM  |