20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

नाकामा बिजुली बल्दा स्थानीयवासी हर्षित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, अशोज २७, २०७८  

शिवु खनाल :
भारतसंग जोडिएको दाङ देउखुरी गढवा गाउँपालिकाको सबै भन्दा विकट वडा मानिने वडा नम्बर २ को चिमचिमे नाकामा पहिलो पटक विद्युत् पुग्दा नाकाबासीहरु हर्षित भएका छन् । विद्युत् वत्तीको उद्घाटन हुने भनेपछी लठ्ठिको सहारामा उद्घाटन कार्यक्रममा पुगेका गढवा गाउँपालिका वडा नम्बर २ चिमचिमे नाका निवासी ७३ बर्षिय तुलाबहादुर रोकायले विगतलाइ सम्झदै भने , पहिला उज्यालोको व्यवस्था गर्नका लागी झर्को ल्याउन जंगल जाँदा एक दिन पुरै काट्नु पथ्र्यो । किताव पढ्नका लागी पनि त्यसैले उज्यालो बनाइ पढ्थ्यौ । हामी त्ययो बेला घरमा कुराकानी गर्दा अब हामी मरेपछी आउछ होला विजुली भनेर कुराकानी गथ्र्यौ ।’ अहिले बुढेसकालमा आफ्नै हातले विजुली बाल्न पाउँदा आफैलाइ खुसी महसुस भएको छ, रोकायले भने ।


गाउँमा बत्ति बलेपछी घरमा उज्यालो मात्र नभइ पढ्नलाइ समेत आफुहरुलाइ समेत सजिलो भएको स्थानीय टंकबहादुर थापाले बताए । गतवर्ष देखी विद्युत् विस्तार कार्यसुरु भएको केन्द्रीय सरकारको दुइकरोड र वडाको एकलाख सहयोगमा चिमचिमे नाकामा बत्ति बलेपछी गाउँ उज्यालो मात्र नभइ आगामी दिनहरुमा स–साना घरेलु उद्योगहरु संचालन गरी बढी भन्दा बढी फाइदा लिन सकिने र दिगो व्यवस्थापनको लागी समेत वडाबाट हुने सहयोगमा आफु सदैव लागी पर्ने गढवा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष भक्तुराम चौधरीले बताए । चिमचिमे नाकामा पहिलो पटक बत्ति बल्ने हो भनेपछी, स्थानियहरुले दुइलाख बराबरको श्रमदान पछी बत्ति बाल्न सफल भएको बताउनुहुदँै, वडालाइ उज्यालो युक्त वडा बनाउने योजनामा आफु लागिरहेको बताए ।
करिब एकवर्ष पछि बिजुली बलेपछि चिमचिमे नाकाका स्थानीय बासिन्दाले उज्यालो देख्न पाएका छन् । दशैँको मुखमा गढवा गाउँपालिका वडा नम्बर २ चिमचिमे नाकाका ८५ घरधुरीले सल्लाको दियालोबाट मुक्त भएर उज्यालो देख्न पाएका हुन् । यसअघि गाउँमा बिजुली नहुँदा सल्लाको दियालो र सोलार टुकी तथा अन्य वैकल्पिक व्यवस्था गर्न बाध्य हुनुपर्ने अवस्था रहेको गाउँका स्थानीयवासी रामवरण चौधरीले बताए । उनले गाउँमा पहिलो पटक बिजुली पुग्दा अन्धकारमुक्त भएका छौँ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लमही शाखाले ५० किलोवाट क्षमता भएको विद्युत्ले ८५ घरधुरीले बिजुली बालिरहेका छन् । नाकाका सबै घरधुरीमा निःशुल्क बत्ती जडान गरिदिएको हो । अर्का स्थानीयवासी कुसुम चौधरीका अनुसार कोही बत्ती बाल्न सक्ने थिए, कोही थिएनन् तर गढवा गाउँपालिका वडा नम्बर २ को वडा कार्यालय जडान कार्यमा लाग्ने सम्पूर्ण खर्च सहयोग गरिदिएको हो । कालाकाटे डढवा सडक देखि चिमचिमे नाकामा ८ किलोमिटर क्षेत्रमा ११ हजार भोल्टेज विद्युत् प्रभाव भइरहेको छ । नेपाल विद्युत् प्राधिकारण वितरण केन्द्र लमहीका प्रतिनिधि अर्जुन यादवले ३३ वटा मिटर निकासी मध्य अहिलेसम्म चिमचिमे नाकाको २० वटा घरमा मिटर जडान गरिएको जानकारी दिए । उनले अव अन्य थप ५६ वटा मिटर जोड्न बाकी रहेको बताए ।
दुर्गम क्षेत्रलाई प्राथामिकता ः मन्त्री थारु
लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या परिवार कल्याण मन्त्री इन्द्रजित थारुले मंगलवार चिमचिमे नाकामा पुगेर विद्युत् वत्तीको उद्घाटन गर्नुभएको छ । वत्ती उद्घाटन गर्दै मन्त्री थारुले दशैँको मुखमा झिलिमिलि चिमचिमे बनाउने लक्ष्य पुरा भएको बताउदैँ, विकासको पूर्वाधार विद्युत् महत्वपूर्ण आधार भएको बताए । मन्त्री थारुले सबैको सहयोगले मात्रै विकास सम्भव भएको बताउदै,नमुना गाउँ बनाउन सबैको साथ र सहयोगको अपेक्षा गरेको बताए । ‘दुर्गम क्षेत्रमा विकास पु¥याउने उद्देश्य र हाम्रो राजनिति र विचार पनि त्यही नै भएको हुनाले ठगिएका बस्ती र दुर्गम क्षेत्रलाई प्राथामिकता दिएर अगाडि बढेका छाँै । दुर्गम क्षेत्रमा राज्यले दिनुपर्ने आधारभुत सुविधाहरु हामी क्रमश लागु गर्दै गइरहेको र अव भारतसंग जोडिएको सीमाक्षेत्रमा खानेपानीको समस्या समाधानको लागि दिर्घकालीन योजना बनाएर अगाडि बढ्नेछौँ, मनत्री थारुले भने । ‘नाकामा विद्युत त आयो तर, यसको सदुपयोग कसरी गर्नुहुन्छ, त्यो जिम्मेवारी यहाँहरूको हो ।’

 

प्रकाशित मितिः बुधबार, अशोज २७, २०७८     7:37:10 PM  |