मुगु दुर्घटनाको दुःखान्तः नेपालगन्जबाट गाडीमा गएका जब जहाजमा नेपालगन्ज फर्किए



कोहलपुर मेडिकल कलेजमा उपचार गराउँदै मुगुका प्रेम बहादुर रावल र उनका छोरा लक्कीजंग । प्रेमकी श्रीमतीको दुर्घटनामा मृत्यु भइसकेको छ ।

शुभाकर विश्वकर्मा । कोहलपुर ।

मुगुका नरेन्द्र शाही काम विशेषले घर गएका थिएनन् । सोमबार मात्रै बसमा छोरा शैलेन्द्र शाहीलाई घर पठाएका थिए, दसैं मनाउन । मंगलबार दिउँसो कोहलपुर मेडिकल कलेज परिसरमा भेटिएका उनी मलिन अनुहारमा भन्दै थिए, ‘दसैं मनाउन गएको थियो ।

आज यस्तो अवस्थामा भेटियो । भर्खरै थाहा पाए, यहाँ आएको छु ।’ मंगलबार दिउँसो उनका छोरा शैलेन्द्रलाई जहाज राखेर घाइते अवस्थामा नेपालगन्ज विमानस्थल हुँदै कोहलपुर पु¥याइएको थियो । नरेन्द्र दिउँसो घर मै थिए, टिभिमा बस दुर्घटना भएको खबर सुने । त्यसपछि सामाजिक सञ्जालमा जताततै दुर्घटनाका खबर आयो । मुगुका आफन्तलाई फोन गरे लागेन ।

केहीबरेमा उतैबाट फोन आयो, दुर्घटना भएको बसमा उनका छोरा शैलेन्द्र समेत रहेछन् । जहाजबाट कोहलपुर ल्याउने खबर पाएका उनी त्यस अगावै कोहलपुर मेडिकल कलेजमा पुगिसकेका थिए । मिसन टुडेसँग कुराकानी गर्ने क्रममा उनी निकै हतासमा देखिन्थे । अस्पतालको बेडमा घाईते छोरा चिच्याइरहेका थिए ।

उनी सान्त्वना दिदैं थिए । एक अर्का आफन्तले बाहिरको मेडिकलबाट शैलेन्द्रको लागि औषधि ल्याए । लगत्तै नर्स आएर औषधि चढाइन् । नर्स शैलेन्द्रका बाबालाई केही पनि हुँदैन भन्दै सम्झाउँदै थिइन् ।

उनी मात्रै होइन मुगुकै सोरु गाउँपालिका– ७ का लक्कीजंग शाही काठमाडौंबाट आएर नेपालगन्जबाट बस चढेर मुगुका लागि हिडेका थिए । दुर्घटनामा परी उनी घर पुग्नै लाग्दा दुर्घटनामा परे । अहिलेसम्मको तथ्यांक अनुसार ३२ जनाको मृत्यु भइसक्दा संयोगले उनी बाँचे । अहिले कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत छन् । सोमबार नेपालगन्जबाट हिडेको उक्त बस मंगलबार दुर्घटना भयो । उक्त बसमा क्षमता भन्दा बढी ४० बढी यात्रु सवार थिए ।

भने अधिकांश पढाइको शिलशिलामा बाहिरी जिल्लाबाट दसै तिहार मनाउन फर्किने विद्यार्थीहरु रहेका थिए । कोही परिवारसँगै गएकाहरु समेत थिए । दुर्घटनामा नाबालकले आमा गुमाएका छन् । आमाले छोरा र श्रीमानले श्रीमती ।

त्यसैगरी धेरैले दसंैको मुखमा आफ्ना सन्तान गुमाउन पुगेका छन् । निर्माणधिन नाग्म गमगढी सडकखण्डमा मुगाली जनताका लागि दशा सावित भयो । मृतक मध्ये २४ जनाको घटनास्थल पिना, ४ जनाको ताल्चा विमानस्थल लैजादैं गर्दा र चार जनाको बाँकेमा उपचारको क्रममा मृत्यु भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज २६ गते मंगलबार