17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

मुगु बस दुर्घटनाः कोहलपुरमा १० घाइतेको उपचार हुँदै (घाइतेको नाम र ठेगानासहित)

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, अशोज २६, २०७८  

कोहलपुर ।

मुगु बस दुर्घटनामा घाइते भएका १० जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।

हेलिकप्टर र प्लेनमार्फत मार्फत कोहलपुर ल्याइएका उनीहरुको मेडिकल कलेजमा उपचार भइरहेको हो । दुई जना बालक, दुई महिलासहित १० जनाको आकस्मिक वार्डमा राखेर उपचार भइरहेको छ ।

कोहलपुर ल्याइएका मध्ये मुगुकाु छायाँनाथ रारा नगरपालिका– ११ की रिता सावदको अवस्था गम्भीर रहेको छ । उनको ढाड र टाउकोमा गम्भीर चोट लागेको छ । उनकी ११ वर्षीया छोरा सुस्मिता सावदको समेत कोहलपुरमा नै उपचार भइरहेको छ । यस्तै कोहलपुर मेडिकल कलेजमा दुई बाबु छोराको समेतसँगै उपचार भइरहेको छ ।

दसैं मनाउन घर गएका तीन परिवारमध्ये आमा कमला रावलको मृत्यु भइसकेको आफन्तले बताएका छन् । अहिले कोहलपुरमा ३१ वर्षीया प्रेम बहादुर रावल र ६ वर्षीय छोरा लक्कीजंग रावलको उपचार भइरहेको छ ।

उनीहरुको अवस्था सामान्य रहेको उपचारमा संग्लन चिकित्सहरुले जनाएका छन् । यस्तै मुगुको सोरु गाउँपालिका– ८ लक्कीजंग शाही, छायाँनाथ रारा नगरपालिका– ७ का शैलेन्द्र शाही, छायाँनाथ राराकै सम्झना रावल र २३ वर्षीय सुगराज मल्ल रहेका छन् ।

एक जनाको परिचय अझै खुलेको छैन ।

 

प्रकाशित मितिः मङ्लबार, अशोज २६, २०७८     6:33:09 PM  |