15 May 2024  |   बुधबार, जेष्ठ २, २०८१

मुगु बस दुर्घटनाः बाँकेमा उपचारका क्रममा चार घाईतेको मृत्यु (नाम र ठेगानासहित)

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, अशोज २६, २०७८  

कोहलपुर ।

कोहलपुर ।
मुगुमा मंगलबार दिउँसो भएको बस दुर्घटनाका ४ जना घाईतेको बाँकेका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । जहाजमार्फत नेपालगन्ज ल्याइएका घाईतेमध्ये ४ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

एक जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र तीन जनाको मेडिकल कलेज नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको थियो । मृतक सबै पुरुषहरु रहेका छन् ।

मृत्यु हुनेमा मुगु छायाँनाथ रारा नगरपालिका– १ का १८ का चन्द्र प्रकाश भाम, वडा नम्बर– ७ का १२ वर्षीय आदित्यविक्रम शाही र वडा नम्बर ८ का २८ वर्षीय टोपबहादुर विष्ट रहेको जिल्ला प्रहरी कार्यालय बाँकेको सञ्चार शाखाले जनाएको छ ।

बस दुर्घटनामा हालसम्म ३२ जनाको मृत्यु भइसकेको छ ।

एक जनाको नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।

अहिले बाँकेका अस्पतालमा १२ जना घाइतेहरुको उपचार भइरहेको छ । तीमध्ये १० जना मेडिकल कलेज कोहलपुर र २ जनाको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ ।

प्रकाशित मितिः मङ्लबार, अशोज २६, २०७८     6:02:50 PM  |