20 May 2024  |   मङ्लबार, जेष्ठ ८, २०८१

मुगु बस दुर्घटना अपडेटः २३ यात्रुको मृत्यु, उद्धारका लागि हेलिकप्टर बोलाइयो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, अशोज २६, २०७८  

नेपालगञ्ज ।

बाँकेको नेपालगञ्जबाट मुगु गमगढी जाँदै गरेको बस दुर्घटनामा २३ जनाको मृत्यु भएको छ । भे १ ख ३१६७ नम्बरको बस छायानाथ रारा नगरपालिका–७ तपनेखोलामा दुर्घटना भएको हो ।

मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले अहिलेसम्म २३ जनाको शव संकलन गरिएको बताए ।

‘७० जना यात्रु थिए भन्ने कुरा आएको छ,’ उनले भने, ‘घाइतेहरूको उद्धार कार्य जारी छ, हेलिकप्टर पनि मगाएका छौं । मुगुमा रहेको प्लेन पनि घाइतेहरूलाई अस्पताल लैजानका लागि रोकिएको छ ।’

बस करीब २५० मिटर तल खसेको मुगु प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः मङ्लबार, अशोज २६, २०७८     3:20:10 PM  |