सम्शेरगन्जमा अवरुद्व पूर्ब-पश्चिम राजमार्ग २ घण्टापछि खुल्यो



सम्शेरगन्ज ।

दुर्घटनाबाट मृत्यु भएका ब्यक्तिका परिवारलाई उचित क्षतिपुर्ती र चालकलाई कारबाही माग गर्दै स्थानीय बासिन्दाले बाकेको सम्शेरगन्जमा अवरुद्व पारेको पुर्ब-पश्चिम राजमार्ग खुलेको छ ।

पुर्बबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ७४४८ नम्बरको बसले सडक छेउमा हिडिरहेको अवस्थामा पछाडीबाट ठक्कर दिदा सोमबार दिउँसो पौने १ बजेतिर राप्ती सोनारी ८ बालापुर निवासी २४ वर्षकि चन्द्रा बुढाथोकी खड्काको घटनास्थलमै र राप्ती सोनारी ८ ओभरी निवासी ३६ वर्षकी गिता चौधरीको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो ।

दुबैको मृत्यु भएपछि स्थानीयले सोमबार बेलुका साढे ६ बजेदेखि राती अबेरसम्म राजमार्ग अबरुद्द गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज २६ गते मंगलबार