कोहलपुर ।
दुर्घटनाबाट मृत्यु भएका ब्यक्तीका परिवारलाई उचित क्षतिपुर्ती र चालकलाई कारबाही माग गर्दै स्थानीय बासिन्दाले पुर्ब-पश्चिम राजमार्गको सम्शेरगन्जमा राजमार्ग अवरुद् पारेका छन ।
पुर्बबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ७४४८ नम्बरको बसले सडक छेउमा हिडिरहेको अवस्थामा पछाडीबाट ठक्कर दिदा सोमबार दिउँसो पौने १ बजेतिर राप्ती सोनारी ८ बालापुर निवासी २४ वर्षकी चन्द्रा बुढाथोकी (खड्का) को घटनास्थलमै र राप्ती सोनारी ८ ओभरी निवासी ३६ वर्षकी गिता चौधरीको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो ।
दुबैको मृत्यु भएपछि स्थानीयले सोमबार बेलुका साढे ६ बजेदेखि राती अबेरसम्म राजमार्ग अबरुद्द गरेका थिए । बस समिति अहिलेसम्म सम्पर्कमा नआएपछि आक्रोशित स्थानीयले मंगलबार (आज) बिहान साढे ११ बजेतिरबाट पुन: जिरो चोकमा राजमार्ग अबरुद गरेको स्थानीय बासिन्दा भिम खड्काले जानकारी दिए ।
प्रहरीले बस र कंचनपुरका चालक निरज बहादुर लोहारलाई नियन्त्रणमा लिइसकेको जनाएको छ ।
जिल्ला प्रहरी प्रवक्ता (डिएसपी ) मधुसुदन न्यौपानेले स्थानीयले राजमार्ग अबरुद गरेपछि पुर्बपश्चिम राजमार्गमा चल्ने सवारी साधन ठप्प भएको बताए ।
प्रतिक्रिया दिनुहोस्