बर्दिया ।
बर्दियामा पाटेबाघको आक्रमणबाट बेपत्ता भएका पुरुषको शव फेला परेको छ ।
पाटेबाघले बेपत्ता बनाएकाे ४० वर्षका जनकबहादुर थारुको शव गएराति साढे ११ बजे बर्दिया राष्ट्रिय निकुञ्ज नजिक गेरुवा गाउँपालिकाकाे कोर क्षेत्रमा फेला परेको हो ।
सोमबार दिउँसो गेरुवा गाउँपालिका-४ ढुकुनियामा नदी किनारमा भैँसीलाई पानी खुवाउन जाँदा पाटेबाघले आक्रमण गरी थारुलाई बेपत्ता पारेको थियो ।
थारुलाई बाघले लगे लगत्तै बर्दिया निकुञ्जका चार वटा हात्तीसहितको टोलीले खोजी गरेकाे थियाे ।
प्रकाशित मिति : २०७८ असोज २६ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्