23 October 2021  |   आइतवार, कार्तिक ७, २०७८

कोहलपुरमा चार जनाको हत्या प्रयास

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, अशोज २६, २०७८  

कोहलपुर ।

बाँकेको कोहलपुरमा दसैको फुतपातीको दिन बिहान अज्ञात समूहको आक्रमणबाट चार जना गम्भीर घाईते भएका छन् ।

कोहलपुर नगरपालिका– २ मा अज्ञात समूहको आक्रमणबाट दुई घर परिवारका चार जना घाईते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । अज्ञात समूहको आक्रमणबाट घाईते हुनेहरुमा कोहलपुर– २ मुक्तिनगर बस्ने ४० वर्षीया विमला शाही, ७५ वर्षीय बल बहादुर शाही, सोही ठाउँ बस्ने मानबहादुर बुढाका छोरा १२ वर्षीय दिपक र १४ वर्षीय छोरी भावना रहेका छन् ।

धाराको बीड खोलेर मंगलबार बिहान साढे चार बजेको समयमा अज्ञात समूहले आक्रमण गरेको पाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

‘यो विशुद्ध ट्यापेले गरेको घटना देखिन्छ । विस्तारै हानेको देखिन्छ । घटना गम्भीर छ हामीले सोही अनुसार अनुसन्धान अगाडि बढाइसकेका छौं’ उनले भने, केही मान्छेहरुलाई हामीले निगरानीमा राखेका छौं । आक्रमणकारी समातिन्छन् । उनीहरु सबैको अहिले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।

दसैंको मुखमा दुई परिवारका चार जनाको हत्या प्रयास भएपछि कोहलपुरबासी आंतकित भएका छन् । अहिले कोहलपुर क्षेत्रमा आक्रमणकारीलाई खोज्नको लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मितिः मङ्लबार, अशोज २६, २०७८     10:00:45 AM  |