23 October 2021  |   आइतवार, कार्तिक ७, २०७८

खुल्यो शम्शेरगञ्जमा अवरुद्ध राजमार्ग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, अशोज २५, २०७८  

कोहलपुर ।

पूर्व पश्चिम राजमार्ग अन्तरर्गत पर्ने बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर– ८ शम्शेरगञ्जमा बन्द गरिएको राजमार्ग खुलेको छ ।

बसको ठक्करबाट राप्तीसोनारी गाउँपालिका– ८ बालापुरकी २६ वर्षीया चन्द्रा बुढाथोकी खड्का र सोही वडा शम्शेरगञ्जकी ३४ वर्षीया गिता चौधरीको मृत्यु भएपछि स्थानीयले टायर बाल्दै राजमार्ग बन्द गराएका थिए । सोमबार राती साढे ८ बजेबाट प्रहरीले सञ्चालनमा आएको हो ।

स्थानीय विरोध प्रर्दशन गरेपछि केहीबेर शम्शेरगञ्ज तनावग्रस्त बनेको थियो । अहिले त्यहाँको अवस्था सामान्य भइसकेको ईलाका प्रहरी कार्याललय कोहलपुरले जनाएको छ ।

प्रकाशित मितिः सोमवार, अशोज २५, २०७८     9:07:30 PM  |