23 October 2021  |   आइतवार, कार्तिक ७, २०७८

Breaking: बाँकेको शम्शेरगञ्ज तनावग्रस्त, थप जानकारी आउन बाँकी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, अशोज २५, २०७८  

कोहलपुर ।

पूर्व पश्चिम राजमार्ग अन्तरर्गत पर्ने बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर– ८ शम्शेरगञ्ज बजार तनावग्रस्त बनेको छ । सोमबार दिउँसो बसको ठक्करबाट दुई महिलाको मृत्यु भएपछि अहिले शम्शेरगञ्ज बजार अहिले तनावग्रस्त भएको हो ।

अहिले आन्दोलनमा उत्रिएका स्थानीयबासीले प्रहरीमाथि ढुङ्गामुढा गरिरहेका छन् । बसको ठक्करबाट राप्तीसोनारी गाउँपालिका– ८ बालापुरकी २६ वर्षीया चन्द्रा बुढाथोकी खड्का र सोही वडा शम्शेरगञ्जकी ३४ वर्षीया गिता चौधरीको मृत्यु भएको थियो ।

यसबारे थप जानकारी आउँन बाँकी रहेको छ ।

प्रकाशित मितिः सोमवार, अशोज २५, २०७८     7:57:20 PM  |