23 October 2021  |   आइतवार, कार्तिक ७, २०७८

शम्शेरगञ्जमा बसको ठक्करबाट दुई महिलाको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, अशोज २५, २०७८  

कोहलपुर ।

बाँकेमा यात्रुबहाक बसको ठक्करबाट दुई महिलाको मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तरर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका– ८ परुवा खोला नजिकैं सोमबार दिउँसो काठमाडौंबाट आउँदै गरेको बसले दुई महिलालाई ठक्कर दिएको थियो ।

दुवै जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारकै क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

बसको ठक्करबाट मृत्यु हुनेमा राप्तीसोनारी गाउँपालिका– ८ बालापुरकी २६ वर्षीया चन्द्रा बुढाथोकी खड्का र सोही वडा शम्शेरगञ्जकी ३४ वर्षीया गिता चौधरी रहेका छन् ।

खड्कालाई मेडिकल कलेज पु¥याएको केही बेरमा नै चिकित्सकहरुले मृत घोषणा गरेका थिए भने चौधरीको उपचारकै क्रममा साँझ साढे ६ बजे मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरले जनाएको छ ।

प्रकाशित मितिः सोमवार, अशोज २५, २०७८     7:40:32 PM  |