21 May 2024  |   मङ्लबार, जेष्ठ ८, २०८१

रोल्पामा कांग्रेस कार्यकर्ताको घाँटी रेटी हत्या

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, अशोज २५, २०७८  

रोल्पा ।

रोल्पामा एक पुरुषको घाँटी रेटेर हत्या भएको छ ।

रोल्पा नगरपालिका वडा नंम्वर ६ दार्बाेटका ५६ वर्षीय पूर्ण बहादुर बुढाको आफ्नै घरमा घाटी काटेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले जानकारी दिए ।

घरमा एक्लै रहेका बुढाको बिहान ११ बजेसम्म ढोका नखुलेपछि ढोको फोडेर हर्दा हत्या भएको अवस्थामा पाइएको डिएसपी सुवेदीले जानकारी दिए ।

घटना शंकास्पद भएकाले थप अनुसन्धानका लागि नेपालगञ्जबाट कुकुरसहितको टोली बोलाइएको रोल्पा प्रहरीले जनाएको छ ।

घटना स्थलमा अहिले जिल्ला प्रहरी कार्यालयबाट डिएसपी सुवेदी नेतृत्वको प्रहरी टोली घटना स्थल पुगेको छ । बुढा नेपाली काँग्रेसका क्रियाशील कार्यकर्ता भएको नेपाली काँग्रेस रोल्पाका कार्यबाहक सभापति किशोर कुमार आचार्यले जानकारी दिए ।

गत साउन २३ गते सम्पन्न नेपाली काँग्रेसको वडा अधिवेशनबाट बुढा क्षेत्रीय प्रतिनिधिमा छनोट भएको आचार्यको भनाई छ । श्रीमतीको केहि समय अघि मृत्यु भइसकेको र छोराछारीहरू बैदेशिक रोजगारीमा रहेकाले बुढा एक्लै बस्दै आएका थिए ।

प्रकाशित मितिः सोमवार, अशोज २५, २०७८     4:37:39 PM  |