18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

बाँकेको शम्शेरगञ्जमा बसले किच्दा एक महिलाको मृत्यु, एक गम्भीर घाइते

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, अशोज २५, २०७८  

कोहलपुर ।

पूर्व पश्चिम राजमार्ग अन्तरर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका– ८ शम्शेरगञ्जमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की एक महिला गम्भी घाईते भएकी छिन् ।

काठमाडौंबाट पश्चिमतर्फ भइरहेको ना ७ ख ७४४८ नम्बरको बसले सोमबार दिउँसो दुबै महिलालाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाईते भएका दुबै जनालाई मेडिकल कलेज कोहलपुर पु¥याइएपनि एक महिलालाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृत्यु हुनेमा राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ बालापुरकी २६ वर्षीया चन्द्रा बुढाथोकी खड्का रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । गम्भीर घाइते हुनेमा वडा नम्बर ८ शम्शेरगञ्जकी ३६ वर्षीया गिता चौधरी रहेका छन् ।

उनीहरुलाई परुवा खोलामा बसले ठक्कर दिएको थियो । गम्भीर घाइते चौधरीको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

ठक्कर दिने बस चालक र बसलाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

प्रकाशित मितिः सोमवार, अशोज २५, २०७८     3:58:09 PM  |