17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

पेट्रोलियम पदार्थको समस्या भयो? यी नम्बरमा फोन गर्नुहोस्

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, अशोज २५, २०७८  

नेपाल आयल निगमले दसैं तिहार तथा छठपर्वमा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या नहुने बताएको छ।

चाडपर्वको बेला पेट्रोलियम पदार्थको सहज रूपमा विक्री वितरणको व्यवस्था मिलाउन सम्बन्धित कार्यालयलाई जानकारी दिएको निगमले बताएको छ।

निगमले दिएको जानकारी अनुसार डिपोहरू स्थानीय आवश्यकताको आधारमा खुला रहने छन्।

पेट्रोलियम पदार्थको आपूर्ति तथा उपलब्धतामा केही समस्या देखिए पेट्रोल डिजेल र मट्टितेलको लागि पुस्कर कार्की लाई ९८५११०७६६६ नम्बरमा र खाना पकाउने एलपी ग्यास र हवाई इन्धनका लागि राजु श्रेष्ठ लाई ९८५११३८४०६ नम्बरमा सम्पर्क गर्न निगमले आग्रह गरेको छ।

प्रकाशित मितिः सोमवार, अशोज २५, २०७८     3:41:20 PM  |