21 May 2024  |   मङ्लबार, जेष्ठ ८, २०८१

स्वर्गद्धारी साईक्लिङ क्लवको अध्यक्षमा पुनः ओली

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, अशोज २५, २०७८  

कोहलपुर ।

स्वर्गद्धारी साईक्लिङ क्लवको पहिलो साधारणसभा सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको साधारणसभाले नयाँ नेतृत्व समेत चयन गरेको थियो । नयाँ कार्यसमितिको अध्यक्षमा पुनः जनक ओली चयन भएका छन् ।

जसको उपाध्यक्षमा कमलराज शर्मा, सचिवमा अमित पाठक, कोषाध्यक्षमा देवेन्द्र केसी चयन भएका हुन् । यस्तै सदस्यहरुमा गंगाराम भण्डारी, मोहन ओली र नवीन रेग्मी चयन भएका थिए ।

क्लवको संरक्षकमा केशर बहादुर आले, सल्लाहकारमा उज्ज्वल घर्ती, राम बहादुर बस्नेत, चन्द बहादुर आले, नेत्र थापामगर, दिपेन्द्र बुढाथोकी र कृष्ण चौधरी रहेका छन् ।

साधारणसभामा आगामी वार्षिक कार्ययोजना बारेमा समेत छलफल भएको थियो । वार्षिक कार्यक्रममा विश्व मुटु दिवस–२०२२, कोरा–२०२२, राष्ट्रिय स्तरको साईकल प्रतियोगिता , ग्रुप दुईदिने साइकल यात्रा, रारा साईकल यात्रा गर्ने निर्णय समेत गरिएको छ ।

प्रकाशित मितिः सोमवार, अशोज २५, २०७८     11:34:04 AM  |