17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

उपहार कार्यक्रमले स्थानीय बजारमै रोकिए उपभोक्ता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, अशोज २५, २०७८  

शिवु खनाल । दाङ ।

विगत वर्षहरुका दसैंमा सुनसान हुने लमही बजारमा यसवर्ष भने केही फरक दृष्य देखिएको छ । पहिले सुनसान हुने यो बजारमा अहिले भने व्यापारीहरुलाई एकछिन पनि खुर्सद छैन । दसैंको लागि किनमेल गर्ने मानिसहरुको चहलपहलले व्यवसायी समेत व्यवस्त देखिन्छन् ।

यसपाली लमही बजारमा किनमेल गर्न आउने मानिसहरुको संख्या बढेको स्थानीय व्यापारी पवन रिजालले बताए । ‘गतवर्ष यतीबेला करिब २५ प्रतिशत लमहीको व्यापार थियो’ उनले भने,‘उद्योग बाणिज्य संघ लमहीले ल्याएको उपहार कार्यक्रमले गर्दा यसवर्ष ७५ प्रतिशत बढेको अनुमान गरेका छौँ । उपहार कार्यक्रमले व्यापारमा नयाँपन दिएको देखियो ।’

बजारमा भेटिएका ग्राहकहरुले पनि नजिकै राम्रो र सस्तो सामान पाउने भएका कारणले आफुहरु किनमेलकै लागि लमही बजारमै आएको बताएका छन् । ‘हामीलाई थाहा नभएकै कारण कृष्णनगर, रुपैडिहा बजार जाने गरेका थियाँै । तर लमहीमा सस्तो बजार ठूलो पनि रहेछ ।

अन्य बजार भन्दा तुलनात्मक रुपमा सस्तो र छिटो पाउन सकिन्छ’ राजपुर गाउँपालिका वडा नम्बर ४ दुलैया निवासी धनकुमारी यादवले भनिन् । खस्किदै गएको र सुनसान जस्तै बनेको लमही बजार उपहार कार्यक्रमका कारण जिल्लाका ग्रामीण बस्तीबाट किनमेलका लागि आएका हुन् । लमही, भालुवाङ, गढवा लगायतका देउखुरी क्षेत्रका विभिन्न बजारमा दसैं तिहारका लागि सामान खरिद गर्न आउनेको भीड बढेको छ ।

लमहीको व्यापार व्यवसायलाई मध्यनजर गर्दै उपहार कार्यक्रमलाई अगाडि सारेको देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष खगेश्वर खनालले बताए । ‘हाम्रो टिमले लमहीको व्यापारलाई उकास्न दिर्घकालीन योजना बनाएका छाँै ।

जसअनुरुप पहिलो चरणमा उपहार कार्यक्रमलाई अगाडि सा¥याँै’ उनले भने, ‘जिल्लाका ग्रामीण बस्तीबाट किनमेल गर्न आउने मानिसहरुलाई कृष्णनगर र रुपैडिहा बजार नभएर अब लमही बजारमा किनमेल गर्न जानुपर्छ है भन्ने वातावरण सृजना गर्ने योजनामा छौं ।’

प्रकाशित मितिः सोमवार, अशोज २५, २०७८     11:32:36 AM  |