30 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

कोहलपुरको राम जानकी गौशालाको दुहुनो गाई चोरी भएपछि…

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, अशोज २५, २०७८  

कोहलपुर ।

बाँकेको कोहलपुर– ११ चौराहमा रहेको राम जानकी गौशालाबाट दुहुनो गाई हराएको छ ।

चर्न गएको बेला रातो रंगको दुहुनो गाई हराएको हो । नजिकै चर्न गएको बेला कसैले दुहुनो गाई समातेर दुध खानको लागि घरमा लगेको हुनसक्ने आशंका गरिएको छ ।

उक्त गाईलाई कोहलपुरका एक व्यक्तिले केही दिनको लागि पालिदिनको लागि गौशालामा ल्याएर छोडिदिएका थिए । हराएको गाईको बाँच्छी भने गौशालामा नै रहेको बताइएको छ ।

हाल गाईको खोजी भइरहेको र प्रहरीमा पशु चौपाय चोरीमा उजुरी गरिएकोले कोही कसैले हराएको रातो गाई देख्नुभएमा गौशाला तथा स्थानीय प्रहरीमा खबर गरिदिनुहुन गौशालाले सबैलाई आग्रह गरेको छ ।

प्रकाशित मितिः सोमवार, अशोज २५, २०७८     10:51:56 AM  |