20 May 2024  |   मङ्लबार, जेष्ठ ८, २०८१

जुवाको खालबाट प्रहरी जवानसहित ९ जना पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, अशोज २५, २०७८  

शिवु खनाल । दाङ ।

प्युठानमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई प्रक्राउ गरेको छ ।

सोमबार बिहान करिब तीन बजेको समयमा प्युठान नगरपालिका वडा नम्बर ४ जुम्री स्थित ऐरावती होटलमा जुवातास खेलिरहेको अवस्थामा प्युठानमा कार्यरत प्रहरी जवान सहित ९ जना जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

प्रहरीले जुवाको खालबाट एक लाख ६५ हजार नगद पैसा पनि बरामद गरेको छ । त्यस्तै ७ थान मुवाईल र ६ वटा मोटरसाईकल पनि नियन्त्रणमा लिएको प्रहरी प्रमुख मल्लले बताए ।

प्रहरी जवान सहित अन्य जुवाडेहरू ईलाका प्रहरी कार्यालय विजुवारको नियन्त्रणमा रहेका छन् ।

प्रकाशित मितिः सोमवार, अशोज २५, २०७८     10:14:46 AM  |