17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

बाँकेमा सवारीले ज्यान लिने क्रम बढ्योः नेपालगन्जमा गाडीको ठक्करबाट अढाई वर्षीय बालकको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, अशोज २४, २०७८  

नेपालगन्ज ।

बाँकेको नेपालगन्जमा आईतबार बिहानै गाडीको ठक्करबाट एक नाबालकको ज्यान गएको छ ।

नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १९ को कन्ठीपुरमा रहेको कालिका मन्दिर अगाडि कुखुरा बोक्ने गाडीको ठक्करबाट स्थानीय एक नाबालको ज्यान गएको हो । मृत्यु हुनेमा सोही ठाउँका अढाई वर्षीय सुशन सुनार रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

खेलिरहेको अवस्थामा भे १ च २७३० नम्बरको कुखुरा बोक्ने गाडीले ठक्कर दिदाँ गम्भीर घाईते भएका सुनारको उपचारकै क्रममा भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको थियो ।

ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मितिः आइतवार, अशोज २४, २०७८     11:56:45 AM  |