21 May 2024  |   मङ्लबार, जेष्ठ ८, २०८१

नेपालगन्जबाट रेडपाण्डाको छालासहित एक पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, अशोज २४, २०७८  

नेपालगन्ज ।

सरकारले संरक्षण गरेको रेडपाण्डाको छालासहित एक व्यक्ति पक्राउ परेका छन् ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– ४ बुद्ध मन्दिर नजिकबाट जाजरकोट भेरी नगरपालिका वडा नम्बर १ निवासी २८ वर्षका मनिराम सुनार पक्राउ परेका हुन् ।

संरक्षित वन्यजन्तु रेडपाण्डाको छालाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले पक्राउ गरेको प्रहरी प्रवक्ता(डिएसपी) मधुसुदन न्यौपानेले जानकारी दिए ।

चेकजाँच गर्दा सुनारले बोकेको झोलाभित्र रहेको १ थान छाला बरामद गरिएको उनले बताए । सो विषयमा आवश्यक अनुसन्धान भइरहेको डिएसपी न्यौपानेले जानकारी दिए ।

पक्राउ परेका सुनार र छालालाई आवश्यक कारबाही लागि आज डिभिजन वन कार्यालय बाँकेमा बुझाइने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मितिः आइतवार, अशोज २४, २०७८     12:00:41 PM  |