20 May 2024  |   मङ्लबार, जेष्ठ ८, २०८१

बाँकेमा भएका सवारी दुर्घटनामा दुईको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, अशोज २४, २०७८  

कोहलपुर ।

बाँकेमा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको कुसुम र नेपालगन्ज गुलरिया सडक खण्डको खजुरामा एक-एक जनाको मृत्यु भएको हो ।

राप्तीसोनारी गाउँपालिका– १ लौकीमा शनिबार दिउँसो कारले सडक छेउमा उभिएकी बालिकाको मृत्यु भएको थियो ।

सुर्खेतबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु ३ च ८८७ नम्बरको कारले ११ वर्षीया बालिका मेनुका विकलाई ठक्कर दिँदा मृत्यु भएको ईलाका प्रहरीले कार्यालय कोहलपुरले जनाएको छ ।

बालिकाको ज्यान गएपछि आक्रोशित स्थानीयहरुले चार घण्टा राजमार्ग समेत अवरुद्ध पारेका थिए । यस्तै शनिबार बिहान नै नेपालगन्ज गुलरिया सडक खण्डको खजुरामा बसले ट्रयाक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको थियो ।

इलाका प्रहरी कार्यालय धनौलीदेखि ३ किलोमिटर पश्चिम गुनाना चोकमा भे १ ख २२७४ नम्बरको बसले भे १ त ७४८८ नम्बरको ट्रयाक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा खजुरा गाउँपालिका वडा नम्बर– ७ का ६० वर्षीय ट्रयाक्टरका साहु जुमैई खाँको दुर्घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरले जनाएको छ । बसका चालक फरार रहेकोले खोजी कार्य जारी रहेको धनौली प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः आइतवार, अशोज २४, २०७८     11:38:06 AM  |