18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

मंसिरमा नेपालगन्ज म्याराथन: अनलाइनबाटै खेलाडीले नाम दर्ता गर्न सक्ने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, अशोज २४, २०७८  

नेपालगन्ज ।

सातौं नेपालगन्ज म्याराथन आगामी मंसिर ४ गते हुने भएको छ ।

नेपाल सरकार र तत्कालीन विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिर पहिलो शानिबार हुँदै आएको म्याराथनको तयारी सुरु भएको आयोजक क्रियटिभ ह्याण्ड्सले जानकारी दिएको छ ।

म्याराथनको व्यवस्थापन गर्दै आएको क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टले सोही पत्रकार सम्मेलनमा नेपालगन्ज म्याराथन डट कम वेभसाइट पनि सार्वजनिक गरेको छ । शबिाबार वेभसाइड उद्घाटन पनि गरिएको आयोजक तथा क्रियटिभ मिडिया एण्ड इभेन्टका अध्यक्ष टिएस ठकुरीले जानकारी दिए ।

साथै शनिबारदेखि नै खेलाडी दर्ता पनि खुला गरिएको छ । यसवर्षदेखि वेभसाइडमा फर्म दर्ता गर्ने र दर्ता शुल्क नलाग्ने आयोजक कमिटीका अध्यक्ष टिएस ठकुरीले जानकारी दिए । विभिन्न दशवटा विधामा स्पर्धा हुने भएको छ ।

पुरुषतर्फ म्याराथन (४२.१९५ किमी), महिलातर्फ हाफ म्याराथन, १० किमी, पुरुष खुला ५ किमी, महिला खुला ५ किमी, स्कुलस्तरीय छात्र ३ किमी, स्कुल स्तरीय छात्रा किड्स रन (८देखि १२ वर्ष उमेरसमुह) २ किमी, कर्पोरेट रन १ किमी ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ । अध्यक्ष ठकुरीका अनुसार यसवर्ष पुरस्कार राशीमा पनि बृद्धि गरिनेछ । साथै अन्य केही नयाँ योजनाहरु पनि रहेको उनको भनाइ छ ।

वेभसाइट उद्घाटनपछि नेपालगन्ज उप–महानगरपालिकाकी उपप्रमुख उमा थापामगरले नेपाल धारा नेपालगन्ज म्याराथनले बर्सेनि स्तरोन्नति गर्दै गएकोमा खुशी व्यक्त गरिन् ।

प्रकाशित मितिः आइतवार, अशोज २४, २०७८     1:10:43 PM  |