21 May 2024  |   मङ्लबार, जेष्ठ ८, २०८१

बाँकेबाट उद्योग मन्त्री बनेका हमालले दिए राजीनामा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, अशोज २४, २०७८  

प्रधान न्यायाधीको कोटाबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भएका भनिएका कांग्रेस बाँकेका नेता गजेन्द्रबहादुर हमालले तीन दिनमै राजीनामा दिएका छन् । केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर हमालले राजीनामा पत्र बुझाएको बताइएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार हमाल राजीनामा पत्र दिएर फर्किएको ईकान्तिपुरले समाचारमा जनाइएको छ ।

मन्त्रिपरिषद्‌मा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’ मा हमाललाई मन्त्री बनाइएको भन्दै चौतर्फी विरोध भएपछि उनले राजीनामा दिएका छन् ।

विवादमा आएपछि प्रधानमन्त्री शेरबहदुर देउवाले पनि हमाललाई राजीनामा दिन सुझाव दिइएको जनाइएको छ ।
हमाल शुक्रबार मात्रै आपूर्ति मन्त्रीमा नियुक्त भएका थिए ।

प्रकाशित मितिः आइतवार, अशोज २४, २०७८     10:29:18 AM  |