खजुरामा बसले टयाक्टरलाई ठक्कर दिँदा एकको मृत्यु



नेपालगञ्ज ।

बाँकेको खजुरा गाउँपालिकामा बसले टयाक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

खजुराको इलाका प्रहरी कार्यालय धनौलीदेखि ३ किलोमिटर पश्चिम गुनाना चोकमा शनिवार बिहान साढे १० बजेतिर भे १ ख २२७४ नम्बरको बसले भे १ त ७४८८ नम्बरको टयाक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा ट्रयाक्टर धनी रहेको खुल्न आएको प्रहरीले जानकारी दिएको छ । मृतकको नाम खुल्न नसकेको प्रहरीले बताएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज २३ गते शनिबार