बर्दियाको बाँसगढी नगरपालिका–८ स्थित लक्ष्मण आमा चोक खेल मैदानमा खुला फुटबल प्रतियोगिता सुरु भएको छ ।
दसैंको अवसरमा जीवन ज्योति युवा कलबको आयोजनामा सुरु भएको प्रतियोगिताको शुक्रबार बाँसगढी नगरपालिकाका प्रमुख शालिकराम अधिकारीले उद्घाटन गरे ।
उद्घाटनमा नगरप्रमुख अधिकारीले राष्ट्रका लागि आवश्यक स्वस्थ नागरिकको तयारीका साथै अनुशासित युवा उत्पादनका लागि खेलकुद महत्वपूर्ण रहेको बताए ।
उनले आफू पनि खेलप्रति लगाव राख्ने भएकाले नगरक्षेत्रमा खेलका विकासका लागि सकेसम्म प्रयास गर्ने प्रतिवद्धता जनाए । युवा सञ्जालका अध्यक्ष एकनारायण अधिकारीले प्रतियोगिताले खेल क्षेत्रमा ऊर्जावान खेलाडी उत्पादन हुने दावी गरे।
प्रतियोगितामा प्रथम हुनेले एक लाख रुपैयाँ नगदका साथै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै द्वितीय स्थान
हासिल गर्ने टिमले ५१ हजार रुपैयाँका साथै शिल्ड, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेछ । उत्ृकष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र प्लेयर अफ टुर्नामेन्टलाइई पनि नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष रविन्द्र जंग शाहले जानकारी दिए ।
शुक्रबारको पहिलो खेलमा आयोजक जीवन ज्योति युवा क्लब विजयी भएको छ । वनमुडुवालाई २–० को अन्तरमा जीवन ज्योतिले जित निकालेको हो ।
दोस्रो दिन शनिबार दुई खेल हुनेछन् । शनिबार पहिलो खेल बेलौनी युवा क्लब र सतहरियाबीच हुनेछ । दोस्रो खेल बाँसगढी–११ र खाता क्लब राजापुरबीच हुनेछ । प्रतियोगितामा कूल १२ टिमको सहभागिता रहेको छ










प्रतिक्रिया दिनुहोस्