कोहलपुरमा टिभिएसका सवारी किन्दा उपहारः थप दुईले जीते उपहार



कोहलपुर ।

टिभिएस ६ प्राईज को सरप्राईज योजना अन्तरर्गत बाँके कोहलपुरको शोरुमबाट मोटरसाईकल र स्कुटर खरिद गरेका दुई जनाले ३२ हजार माथिका नगद उपहार जितेका छन् ।

यो योजना अन्तरर्गत टिभिएसको कोहलपुरका लागि अधिकृत बिक्रेता पानस अटो मोटिभ्सबाट शुक्रबार एकैदिन दुई जनाले नगद उपहार जितेका थिए ।

स्कुटर किन्दा तारादेवी परियारले ५५ हजार र मोटरसाईकल किन्दा केशव खत्रीले ३२ हजार रुपैयाँ नगद उपहार जितेका हुन् । बिहीबार मात्र यो योजना अन्तरर्गत कोहलपुर शोरुमबाट स्कुटर र मोटरसाईकल खरिद गर्ने तीन जनाले ३० हजार माथिको नगद उपहार जितेको पानस अटो मोटिभ्सका सञ्चालक मनप्रसाद आचार्यले जानकारी दिए ।

‘हाम्रोबाट मोटरसाईकल र स्कुटर किन्नेहरु दैनिक रुपमा विभिन्न उपहार पाइरहनुभएको छ’ उनले भने, ‘कोहलपुरमा टिभिएसका मोटरसाईकल र स्कुटर किन्दा विभिन्न छुटका साथै नगद उपहारको समेत सुविधा हुन्छ ।’

सबै जनाले लक्की ‘ड्र’ मार्फत नगद उपहार प्राप्त गरेका हुन् । दैनिक पानस अटो मोटिभ्स कोहलपुरबाट मोटरसाईकल तथा स्कुटर खरिद गर्नेहरु धेरैले ५ हजारदेखि १५ हजारसम्म छुट उपहार पाउने गर्दछन् ।

त्यो भन्दा बढी उपहार समेत लक्की ‘ड्र’ मार्फत पाउने सम्भावना रहन्छ ।बिहीबार दसैंको घटस्थापनाको दिन पानस अटो मोटिभ्स कोहलपुरबाट मोटरसाईकल र स्कुटर गरेर ३० वटा बिक्री भएकोमा शुक्रबार २० वटा बिक्री भएका थिए ।

 

  • No tags available
प्रकाशित मिति : २०७८ असोज २३ गते शनिबार