मोटरसाईकल दुर्घटनामा अनेरास्ववियू बाँकेका नेता बुढाको मृत्यु



कोहलपुर ।

सवारी दुर्घटनामा परेर बाँकेका एक युवकको मृत्यु भएको छ । नेपालगन्ज–कोहलपुर सडक खण्डको राँझा चोक नजिकै मोटरसाईकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको हो ।

मोटरसाईकल दुर्घटनामा परेर मृत्यु हुनेमा बाँके राप्तीसोनारी गाउँपालिका वडा नम्बर– १ का २१ वर्षीय दिपक बुढा रहेको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ ।

भे ९ प ७९७१ नम्बरको मोटरसाईकलमा सवार उनको दुर्घटना स्थलमा नै मृत्यु भएको थियो । तीव्र गतीमा रहेको मोटरसाईकल अनियन्त्रित भएर बीच सडकमा रहेको डिभाईडरमा ठोक्किएर दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।

मृतक बुढा एमाले निकट अनेरास्ववियू राप्तीसोनारी गाउँपालिका कमिटीका कोषाध्यक्ष रहेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज २३ गते शनिबार