टिभिएस ६ प्राईज को सरप्राईज योजना अन्तरर्गत बाँके कोहलपुरको शोरुमबाट मोटरसाईकल र स्कुटर खरिद गरेका तीन जनाले ३० हजार माथिको नगद उपहार जितेका छन् ।
यो योजना अन्तरर्गत टिभिएसको कोहलपुरका लागि अधिकृत बिक्रेता पानस अटो मोटिभ्सबाट बिहीबार एकैदिन तीन जनाले नगद उपहार जितेका हुन् ।
आटीआर १६० मोटरसाईकल किन्दा दिपेन्द्र ओली र ईश्वर थारुले ५७/५७ हजार नगद उपहार जितेको पानस अटो मोटिभ्सका सञ्चालक मनप्रसाद आचार्यले जानकारी दिए ।
‘एकैदिन हाम्रोबाट मोटरसाईकल र स्कुटर किन्ने तीन जनाले ३० हजार बढीका नगद जित्नुभएको छ’ उनले भने, ‘कोहलपुरमा टिभिएसका मोटरसाईकल र स्कुटर किन्दा विभिन्न छुटका साथै नगद उपहारको समेत सुविधा हुन्छ ।’ पानस अटो मोटिभ्स कोहलपुरबाट स्कुटर खरिद गर्दा बिहीबार नै सरस्वती शर्माले नगद ३० हजार रुपैयाँ उपहार पाएकी थिइन् ।
तीनै जनाले लक्की ‘ड्र’ मार्फत नगद उपहार प्राप्त गरेका हुन् । बिहीबार नै पानस अटो मोटिभ्स कोहलपुरबाट मोटरसाईकल तथा स्कुटर खरिद गर्नेहरु धेरैले ५ हजारदेखि १५ हजारसम्म छुट उपहार पाएका थिए । बिहीबार दसैंको घटस्थापनाको दिन पानस अटो मोटिभ्स कोहलपुरबाट मोटरसाईकल र स्कुटर गरेर ३० वटा बिक्री भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्