गुलरियामा टिभिएसको शोरुम खुल्योः सुरुकै दिन ११ बाईक स्कुटर बिक्री



बर्दिया ।

गुलरियामा टिभिएसको शोरुम सञ्चालनमा आएको छ । बिहीबार एक कार्यक्रमकाबीच दसैंको घटस्थापनाको दिन पारेर टिभिएसको शोरुम सञ्चालनमा आएको हो । एसबिजे मल्टी बिजनेस प्रालिले गुलरियामा टिभिएसका मोटरसाईकल तथा स्कुटरहरूको बिक्री वितरण गर्नेछ ।

सुरुमा मोटरसाईकल खरिद गर्ने ग्राहकलाई गुलरिया उद्योग बाणिज्य संघका अध्यक्ष मंगलप्रसाद पाण्डे र पूर्व अध्यक्ष बीरबहादुर चौधरीले मोटरसाईकल हस्तास्तरण गरेका थिए ।

गुलरिया नगरपालिका वडा नम्बर–६ अस्पताल रोडमा सञ्चालनमा आएको शोरुमबाट मोटरसाईकल र स्कुटर किन्दा विभिन्न छुटहरू पाइने सञ्चालक जुनेद शेखले जानकारी दिए ।

‘टिभिएसका मोटरसाईकल र स्कुटर किन्दा अहिले ग्राहकहरूले अफरै अफर पाउनुहुनेछ’ उनले भने । शोरुमका शाखा प्रमुख नौशाद खाँले टिभिएसका मोटरसाईकल र स्कुटहरू मानिसहरूले धेरै मन पराइदिएको बताए । ‘टिभिएस नेपालीहरूको लोकप्रिय ब्राण्ड बनेको छ’ उनले भने, ‘गुलरिया क्षेत्रका ग्राहकहरूले घरदैलोमा नै टिभिएसका सबै सेवाहरू पाउनुहुनेछ ।’

एसबिजे मल्टी बिजनेस प्रालि सह सञ्चालक फकरुद्धिन शेषले पहिलो नै बिहीबार ११ वटा सवारी साधन बिक्री भएको जानकारी दिए । उनका अनुसार ९ वटा मोटरसाईकल र २ वटा स्कुटर बिक्री भएका हुन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज २२ गते शुक्रबार