16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

बाँकेका सांसद महेश्वर गहतराज ‘अथक’ मन्त्री बन्दै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, अशोज २०, २०७८  

कोहलपुर ।

बाँके निर्वाचित क्षेत्र नम्बर १ बाट निर्वाचित महेश्वर गहतराज ‘अथक’ मन्त्री बन्ने पक्का भएको छ ।

नेकपा माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्री टुंगो लगाएको छ । त्यसमा बाँकेका सांसद अथक समेत रहेका छन् ।

माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बन्ने भएका छहुन् भने बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय भएको छ ।

माओवादी केन्द्रबाट यसअघि जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री छन् ।

 

प्रकाशित मितिः बुधबार, अशोज २०, २०७८     7:02:58 PM  |