प्रहरी दिवसमा कोहलपुरका डीएसपी खनालसहित २६ जना प्रहरी पुरस्कृत



नेपालगन्ज ।

६६ औं प्रहरी दिवसका अवसरमा बाँकेका २६ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेमा बुधबार आयोजित विशेष कार्यक्रममा उत्कृष्ठ काम गरे वापत इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख (डिएसपी) रविन्द्र खनालसहित २६ जना जुनियर प्रहरी अधिकृत तथा जवानलाई पुरस्कृत गरिएको हो।

उनीहरुलाई नगद र प्रमाणपत्र प्रदान गरिएको जिप्रका बाँकेका प्रवक्ता (डिएसपी) मधुसुदन न्यौपानेले नागरिकलाई जानकारी दिए। उनले भने, ‘इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी साब’ सहित २६ जना प्रहरी कर्मचारी पुरस्कृत हुनु भयो, उहाँहरु सबैलाई नगद र प्रमाणपत्र प्रदान गरियो।’

दिवसका अवसरमा प्रहरीलाई विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने नागरिक समाज, सामाजिक संस्थाका प्रतिनिधी लगायतलाई पनि सम्मान गरिएको छ। यस्तै ‘लागु औषधविरुद्धको निस्तेज महाअभियान’ स्मारिका पनि विमोचन गरियो।

दिवसको पुर्वसन्ध्यामा आयोजित खेलकुद प्रतियोगितामा विभिन्न स्थान प्राप्त गरेका प्रहरी खेलाडीलाई पनि सोही समारोहमा पुरस्कृत गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिए।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज २० गते बुधबार