निम्न वर्गीय परिवारको भरोसा ‘बजाज आरई’



कोहलपुर ।

विश्वको नम्बर १ ‘बजाज आरई’ बिएस सिक्स ! जसले ५० वर्षदेखि विश्वमा बर्चस्व कायम गरेको छ । विश्वका धेरै देशमा ५० लाख भन्दा बढी ग्राहक सन्तुष्ट छन् । त्यही ‘बजाज आरई’ नेपालमा समेत सर्वाधिक लोकप्रिय बन्द गएको छ । तीन पांग्रे ‘बजाज आरई’ को नेपालमा हुलास कम्पनीले निर्यात गर्छ । यसको नेपालमा कुल ३६ डिलरले बिक्रीवितरण गर्दै आएका छन् ।

तीमध्ये बाँकेको कोहलपुरमा रहेको श्री पानस अटो मोटर्स प्रालि पनि एक हो । बाँकेको कुसुम र बर्दियाको बाँसगढीमासमेत यसको डिलर रहेको छ । बाँकेमा यी तीन स्थानबाट तीन पांग्रे ‘बजाज आरई’को बिक्रीवितरण हुँदै आएको छ ।

तीन पांग्रे ‘बजाज आरइ’ पहिलो प्राथमिकता बिक्रीवितरण ‐सेल्स) हो भने त्यसपछि सर्भिसलाई मुख्य केन्द्रमा राखेर कारोबार भइरहेको छ । घर–घर, चोक–चोकमा सर्भिस क्याप्प राखेर काम गरिरहेको अवस्था छ ।

तीन पांग्रे ‘बजाज आरई’ खरिद् गरेको कुनै पनि सेवाग्राहीलाई कष्ट नपरोस भनेर यस्तो सेवा प्रवाह गरिएको हो । दक्ष मिस्त्रीहरू महिनामा चारपटकसम्म पनि सेवा दिन जान्छन् । सुगमदेखि दुर्गमसम्म पुगेर सेवा दिन्छन् । दैनिक ‘बजाज आरई’ खरिद् गर्नेहरूको संख्या बढ्दो क्रममा रहेको छ ।

यस्ता छन्, चाडपर्व लक्षित अफर

नेपाली हिन्दूहरूका महान पर्व दसैं, तिहार र छठ पर्व नजिकिँदै छन् । त्यसको अवसरमा श्री पानस अटो मोटर्स प्रालिले चाडपर्व लक्षित केही सेवा सुविधा तथा अफर ल्याएको छ । यसमा मुख्यगरी दुई वटा अफर रहेका छन् ।

पहिलो हो, शून्य प्रतिशत ब्याज

यो बेलामा तीन पांग्रे ‘बजाज आरइ’ खरिद् गर्ने ग्राहकलाई एक रुपैयाँ पनि ब्याज लाग्दैन । दोस्रो, भनेको १ सय ९० लिटरको फ्रिज हो । जसको मार्केटको भ्यालूएसन अनुसार २० हजार मूल्य पर्न जान्छ । अफर अवधिसम्म ‘बजाज आरई’ खरिद गर्नेले फ्रिमा पाउँछन् ।

यो अफरलाई छठसम्म जतिले जनाले तीन पांग्रे ‘बजाज आरइ’ किन्नुहुन्छ, उहाँहरूले पाउनुहुन्छ । ग्राहकहरूको खुसीको लागि हामीले यस्तो अफर ल्याएको हो । तीन पांग्रे ‘बजाज आरई’ खरिद्को अर्को महत्वपूर्ण कुरा फाइनान्स हो ।

हाम्रो आफ्नै अफिसमा यसको सहज र शुलभ सेवा पाइन्छ । यस्तो सेवा सबैेले तुरुन्तै पाउनुहुन्छ । कागजपत्र, बीमादेखि लिएर अन्य आवश्यक कागजातमा समेत कर्मचारीहरूले सघाउनु हुन्छ । कुनै पनि ग्राहकले सबै सेवा पायो भने खुसी हुन्छ । यो खरिद् कुनै झन्झट छैन । ‘बजाज आरई’ स्वरोजगार भन्न चाहने युवाहरूले सबैभन्दा बढी रोजेको साधन हो ।

विदेश गएर आएका, आफ्नै माटोमा केही गरौं भन्ने सोच भएका, रिटायर्ड लाइफ बिताइरहेकाहरूले यसलाई बढी खोज्ने गरेका छन् । श्री पानस अटो मोटर्स प्रालिले ती अलवा सम्पूर्णलाई सहज सेवा दिइरहेको छ । यस्तै सामान्य मजदुर-किसानहरूले पनि तीन पांग्रे ‘बजाज आरई’ धेरै मन पराएका छन् । यसबाट राम्रो कमाउन पनि सफल भएको हामीले पाएका छौं ।

लोकप्रिय बन्दैछन्, ‘बजाज आरई’का उत्पादन

विश्वमा मात्रै होइन नेपालमा पनि राम्रो माग भएको सवारी हो । हिमाल, पहाडदेखि तराईंसम्म यसको माग निकै लोभलाग्दो रहेको छ । अहिले नेपालमा मुख्यतः दुईवटा उत्पादन बजारमा खपत भइरहेका छन् । बिएस सिक्स र मेक्सिमा सी ‘बजाज आरई’का मुख्य उत्पादन हुन् । ती मध्ये ‘मेक्सिमा सी’ भन्ने लोडर गाडी हो ।

यो ग्राहकहरूले अत्यधिक मन पराउनु भएको छ । यो खरिद् गरेका कसैले पनि अहिलेसम्म गुनासो गर्नुभएको छैन । लोडर गाडी मुख्यतः होलसेल पसल, पानी, कुखुरा, फर्निचर उद्योग मात्रै नभएर सामान्य व्यवसायीहरूले प्रयोग गर्नुहुन्छ । यो गाडी किनेपछि आर्थिक र व्यवसायिक रुपमसमेत सफल भएको कुरा उहाँहरूले हामीलाई सुनाउँनुहुन्छ । यसको बढ्दो मार्केटिङ पनि यसको उदाहरण हो ।

यो मार्केटिङको लागि समेत बहुउपयोगी देखिएको छ । यसबाट धेरै जना पूर्णरुपमा रोजगारसमेत भएका छन् । रोजगारी सिर्जना गर्ने अवसर साधनको रुपमा मेक्सिमा सी (ढाला गाडी समेत भनिन्छ)उपयोगी देखिएको छ । यो बजारमा आएको करिब ढाई वर्ष हुन लाग्यो । अहिलेसम्मको बजारमा एकदमै सफल भएको छ । व्यवसायिक वर्गले ‘मेक्सिमा सी’ उपयोग गरिरहेको छ । यसको मूल्य करिब ६ लाखको हाराहारीसम्म छ । अर्को भनेको बिएस सिक्स भन्ने आएको हो ।

यो प्यासेन्जर बोक्न मिल्ने हो । यो एफआई इन्जिन भएको सवारी हो । जुन अलि पहिलाको भन्दा ठूलो इन्जिनमा छ । यसको बनावटसमेत भिन्न रहेको छ । जस्तै, सिटमा ट्रान्सपरेन्सी छ । सबैतिर बस्न मिल्छ । ढाला बन्द सिस्टममा छ । लुकिङ ग्लास पनि पहिलाको भन्दा राम्रो छ । एकदमै क्लीन देखिन्छ । जसले गर्दा दुर्घटनाको जोखिम कम हुन्छ । बाटो राम्रोसँग देखिन्छ ।

त्यसैकारण पनि ग्राहकले मन पराएका हुन् । कोहलपुर र बाँसगढी क्षेत्रमा राम्रै खरिद् भइरहेको छ । सबैको माया र सद्भाव रहेको छ । यसले प्रत्यक्ष आर्थिक लाभसमेत दिइरहेको छ । दिनभरी चल्छ । बेलुका घर आउँदा नगद बोकेर समेत ल्याउँछ । एउटा परिवारको आर्थिक उपार्जनसँग जोडिएको छ । रोजगारी दिलाएको छ । अरुको काम गर्नु परेको छैन ।

कुनै पनि उपाय नभएर तनावमा जीवन व्यथित गर्नुपरेको छैन । थोरै लगानीबाट धेरै आम्दानी कमाईरहेका छन् । यो खरिद् गरिसकेपछि किस्ताको लागि समस्या झेल्नुपरेको छैन । यसबाट गुणस्तरीय सेवा प्रवाह भइरहेको छ । हाम्रोबाट किन्नेहरू र उनीहरूका सेवाग्राही खुसी छन् । खरिद् गरेको छोटो समय मै किस्ता चुक्ता गरेर राम्रो कमाई गरेका थुप्र्रै उदाहरण छन् । के गरौं भनेर तनावमा बसेकाहरुलाई पनि यसले रोजगारीको राम्रो अवसर सिर्जना गरेको छ । यसको माग पनि राम्रो छ । बजाजको माग त एक नम्बर मै हो ।

कोहलपुरमा अरु शोरुम नभएकोले पनि यसको बजार राम्रो भएको हुनसक्छ । यही एरियामै मासिक १५–२० वटा गाडी बिक्रि हुन्छन् । यो भनेको धेरै राम्रो बजार माग हो । ग्राहक खुसी भएका कारण यसको बजार पनि निकै राम्रो छ । ग्राहक खुसी हुन्थेनन् भने गाडी बिक्री पनि हुँदैन्थ्यो । जसले ध्यान दिएर, जतनका साथ चलाएको छ, उ सन्तुष्ट छ ।

किस्ताका कुरा गर्नुहुन्छ भने धेरैले ८–९ महिनामा फाइनल गरेर आफ्नो बनाएर रोजगार बनेका छन् । सबै खुसी छन्, किनभने उहाँहरूले राम्रो कमाई गर्नु भएको छ र उहाँहरूले परिवार पाल्नु भएको छ । उहाँहरू परिवार, श्रीमती, छोराछोरीको साथमा बस्न पाउनु भएको छ । त्यतिमात्रै होइन राम्रोसँग कमाई पनि गर्नु भएको छ ।

पहाडी जिल्लामा माग बढ्दो

यसको माग बाँके बर्दिया मात्रै होइनमा कर्णालीमा पनि राम्रो छ । यहाँबाट रुकुम, सल्यान, चौरजहारी लगायतमा क्षेत्रमा समेत माग रहेको छ । त्यतिमात्रै होइन, जुम्ला, मुगु, दैलेख, जाजरकोटका सडकमा पनि अहिले ‘बजाज आरई’ कै तीन पांग्रे गाडी चलिरहेका छन् ।

एकै जिल्लामा सयौको संख्यामा बिक्री भएको छ । त्यहाँसम्म श्री पानस अटो मोटर्स प्रालिले नियमित सर्भिस दिइरहेको छ । सबैले बुझ्नु के पर्छ भने अहिले पहिलाको भन्दा ठूलो गाडी आएको छ । पहाडमा चल्ने गाडीमा तलपट्टी ठोक्किने समस्या छैन । इन्जिनमा राम्रो क्लिएरेन्स रहेको छ । बिएस सिक्स बजारमा आएको नै पहाडी एरियाका लागि हो ।

यसको इन्जिन ठूलो भएकोले त्यहाँ निकै सहज रुपमा चल्छ । नयाँ ग्राहकलाई हाम्रो अनुरोध छ, तपाईंले नयाँ गाडी किन्नुभन्दा त्यसको सर्भिसलाई ध्यान दिनुहोस् । हामीले अहिलेसम्म वारेन्टीका साथ सर्भिस दिइरहेको अवस्था छ । हाम्रो कम्पनीले पनि वारेन्टीमा कुनै हिचकिचावट गरेको छैन । भन्नलाई वारेन्टी भनेका छौं, तर हाम्रोबाट खरिद् गरिएका गाडीमा ज्ञारेन्टी दिएका छौं ।

पानसबाट बजाजको जुनसुकै ठाउँमा गए पनि हामीले सर्भिसलाई मुख्य प्राथमिकतामा राखेको अवस्था छ । ग्राहकलाई नियमित फोन गर्छौं, उहाँहरूले आफ्नो समस्या राख्नुहुन्छ । कुनै समस्या देखिएको छ भने तुरुन्तै त्यहाँ पुगिहाल्छौ । २४ सै घण्टा सेवा दिन्छौ ।

‘बजाज आरई’का १० उत्कृष्ट फिचर्स

यो नयाँ डिजाइन नयाँ बडी फिनिसिङ्गले युक्त छ । नयाँ स्टाइलको ड्यासबोर्ड, उत्कृष्ट फिनिसिङ र आकर्षक ड्यासबोर्ड छ । यसको ऐना समेत ठूलो छ । नयाँ हुडको साथ पारदर्शी झ्याल, उज्यालो प्यासेन्जर बस्ने ठाउँको सुविधा छ । २३६ सीसीको एफआई इन्जिन भएको हो । अझ धेरै पावर र उत्कृष्ट माइलेज छ ।

यस्तै नयाँ स्टाइलको इन्जिन कभर, इन्जिनको लागि प्रयाप्त हावाले भरिपूर्ण छ । साइडमा भएका ढोका प्यासेन्जरका लागि थप सुरक्षित छन् । यसले यात्रुको सुरक्षामा सघाउ पु¥याउँछ । नयाँ र सुधारिएको ह्यान्ड स्टार्ट छ जसले सजिकै गाडी स्टार्ट हुन्छ । ग्राहक र चालकको मनोरञ्जनको लागि एमपी थ्री र रेडियो सहितको म्युजिक सिस्टम जडित छ । र स्पष्ट देखिने हेड लाइटले चालकलाई राति चलाउन समेत सजिलो छ । जिन्दगीमा म केही गरेर देखाउँछु भन्ने मान्छेहरूमा उद्देश्य र लक्ष्य हुन्छ ।

यदि कुनै पनि मानिसले बजाज गाडी लिएर, राम्रोसँग चलायो भने उसले सोचेको सबै कुरा पूरा गरेको छ । यहाँ यस्ता धेरै उदाहरणीय मान्छे पनि छन् । उनीहरूले सबै उद्देश्य पूरा गरेर देखाएका छन् । यो कुरा अरुको लागि पनि सिकाइको विषय हुन सक्छ । उदाहरणका लागि परिवारको एउटा सदस्यले गाडी किन्छ, किस्ता सिध्याउँछ । किस्तासँगै परिवारलाई पालिरहेको हुन्छ । त्यतिमात्रै होइन घर बनाउँछ । घर मात्रै बनाउँदैन, आफ्नो भाइलाई समेत गाडी किनिदिन्छ । भाइले पनि यस्तै प्रगति गर्छ ।

बाँके जिल्ला कै कुरा गर्नुहुन्छ भने, खड्कवारका जति पनि ग्राहक छन् । उनीहरूले मैले माथि भनेको जस्तै गरेका छन् । दाजुभाइ र आफन्त सबैसँग एउटा गाडी छ । हामीले पनि प्रगति के छ भनेर सोध्दा, मैले गाडीको किस्ता तिरेँ, भएको ऋण तिरेर पनि आफ्नो लागि घर किने, छोराछोरीलाई राम्रो विद्यालयमा पढाएको छु भन्ने उत्तर पाउँछौं । यस्तो कुरा सुन्दा हामी बेच्ने मान्छेलाई पनि आनन्द आउँछ । आर्थिक उपार्जन मात्रै होइन ग्राहकहरूको उन्नति र प्रगति पनि हाम्रो उद्देश्य हो ।

अन्त्यमा, सम्पूर्ण ग्राहकहरूलाई मेरो आग्रह छ, ‘बजाज आरई’ खरिद् गर्नुको अर्थ भनेको आफ्नो भविष्य सुरक्षित बनाउनु हो । भविष्य सुरक्षित यसकारण हुन्छ, सर्भिस, पार्ट्स र अन्य पाटपूर्जामा कम्पनीले वारेन्टी दिन्छ । त्यो पूर्ण सुरक्षित हुन्छ ।

आम्दानीका हिसाबले पनि तपाईंले नसोचेको कमाई गर्न सक्नुहुन्छ । बजाज आरई किन खरिद् गर्ने भन्ने कुरामा सबैलाई थाहा छ, आरईको सबै इन्जिन कम्पनीले लिन्छ । यसको भ्यालुएसन समेत बढी छ । सबैले आरई मन पराउनु भएको छ । आगामी दिनमा समेत मनपराइदिनु हुनेछ भन्ने आशा गरेका छौं ।

श्री पानस अटो मोटर्स प्रालिका सञ्चालक ज्ञानेन्द्र खनालसँगको कुराकानीमा आधारित

  • No tags available
प्रकाशित मिति : २०७८ असोज १९ गते मंगलबार