बजाज मोटरसाईकलको आधिकारिक बिक्रेता पानस मोटर्स प्रा.लि.को आयोजनामा आजदेखि ‘बजाज एक्सचेन्ज महामेला’ सुरु हुँदैछ । नेपालगन्जको वाटर पार्क क्षेत्रमा साताव्यापी महामेला सुरु हुन लागेको हो ।
दसैं तथा तिहारको अवसरमा बजाजका उत्पादनहरुको बिक्रि वितरण र एक्सचेन्ज गर्ने उद्देश्यले महामेला आयोजना गरिएको बजाज मोटरसाईकलको आधिकारिक बिक्रेता पानस मोटर्स प्रा.लि.नेपालगन्ज शाखाले जनाएको छ ।
सञ्चालक ज्ञानेन्द्र खनालका अनुसार महामेला आजदेखि २५ गतेसम्म सञ्चालन हुनेछ । विहान १० बजे मेलाको आधिकारिक रुपमा उद्घाटन गरिदैछ । उनले ग्राहकलाई विभिन्न अफर र छुट सुविधासहित साताव्यापी रुपमा मेला सञ्चालन हुन लागेको जानकारी दिए ।
उनले बजाजका साथै अन्य कम्पनीका प्रोडक्ट यामाहा, होण्डा र हिरो लगायतका मोटरसाइकलको भ्यालुलेसनसहित अतिरिक्त १० हजार रुपैयाँ थपेर नयाँ मोटरसाइकल प्रदान गर्न सकिने बताए ।
यसैगरी, मेला अवधिभर ग्राहकहरुको लागि ५ हजार मूल्य प्याकेट बराबरको लेगाड, हेलमेट, झोला र बाइकको कभरको किड निःशुल्क उपलब्ध गराइने खनाल बताउँछन् । यस्तै शून्य प्रतिशत ब्याज र महामेला स्थलमै फाइनान्स लगायतका नयाँ स्किम समेत रहेको उनको भनाइ छ । ‘कोभिड–१९ को जोखिमलाई मध्यनजर गरी विशेष सुरक्षा अपनाइएको छ ।
ग्राहकलाई छिटो छरितो सेवा दिने प्रबन्ध मिलाएका छौं । विभिन्न मनोरञ्जनात्मक गतिविधि समेत सञ्चालन हुनेछ ।’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने । यस्तै सञ्चालक खनालले दसैं तिहार लक्षित ‘थ्री डोज’ नामक अफर समेत ल्याइएको बताए ।
‘बजाज खुसीको थ्री डोज’ नाम दिइएको उक्त अफरका तीन चरण रहेका छन् । उनले मेलामा सहभागी ग्राहकहरुलाई किन्नु अघि १० हजार मूल्य बराबरको अफरमा सहभागी गराइनेछ । सोही योजना अन्तर्गत कुनै पनि ग्राहकले सवारी किन्दाखेरी १ लाखको अफरमा सहभागी हुन
पाउनेछन् । सोही अफर अनुसार अन्तिम तथा बम्पर किनेपछि १० लाखको अफरमा सहभागी गराइनेछ ।
अफर प्राप्त गरेकालाई मेलामै पुरस्कृत गराइनेछ । महामेला अवधीभर चार सय वटा गाडीको कारोबार गर्ने लक्ष्य रहेको सञ्चालक खनालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्