नेपालगन्ज आउँदै गरेको श्री एयसलाइन्सको जहाज चिप्लिएर घाँसे मैदानमा पुग्यो



चिप्लिएर घाँसे मैदानमा पुगेको श्री एयसलाइन्सको जहाज

नेपालगन्ज ।

श्री एयरलाइन्सको एउटा जहाज मंगलबार बिहान त्रिभुवन विमानस्थलमा पार्किङबाट रनवेतिर जाँदा घाँसतिर पुगेको छ।

त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार नेपालगञ्ज जान लागेको उक्त जहाज रनवेमा जान लाग्दा घाँसतिर गएको हो ।

‘पार्किङबाट निस्कने बेलामा जहाजको एउटा चक्का चिप्लिएर बाहिर गएको हो,’ विमानस्थल स्रोतले भन्यो, ‘जहाजमा कुनै क्षति भने भएको छैन।’

श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले जहाजमा यात्रु भए पनि कसैलाई चोटपटक नलागेको बताए। जहाजको परीक्षण भइरहेको उनले जानकारी दिए।

जहाज धावनमार्गमा नगएकाले अरू उडान भने प्रभावित नभएको विमानस्थल स्रोतले जनाएको छ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज १९ गते मंगलबार