बाँकेमा राजमोको विरोध सभा : एमसीसी र संघीयता खारेजीको माग



कोहलपुर ।
राष्ट्रिय जनमोर्चा बाँकेले एमसीसीको खारेजी, गणतन्त्र र राष्ट्रियताको रक्षा तथा संघीयताको खारेजीको माग गर्दै कोहलपुरमा विरोधसभा सम्पन्न गरेको छ ।

राजमो बाँकेद्वारा आयोपजत साताव्यापी विरोध कार्यक्रम अन्तरगत शुक्रबार कोहलपुरमा सभा सम्पन्न गरेको हो ।

विरोध सभालाई सम्बोधन गर्दै अखिल नेपाल युवक संघका महासचिव कृष्णराज पाण्डेले गणतन्त्र र राष्ट्रियता विरोधी षडयन्त्रको विरुद्ध संघर्ष गर्नुपर्ने बताए । उनले राष्ट्रघाती एमसीसी सम्झौता तथा संघीयता खारेज गर्नु आजको आवश्यकता भएको बताए ।
राजमो बाँकेका अध्यक्ष भिमप्रसाद देवकोटाले पनि कार्यक्रममा सम्बोधन गरेका थिए ।

राजमोका जिल्ला सहसचिव मनबहादुर सुनारको सञ्चालनबाट अघि बढेको विरोध सभामा राजमोका जिल्ला उपाध्यक्ष जगदीश ढकाल, अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष पूर्णकला भण्डारी, अखिल नेपाल जनजाती सम्मेलनका लुम्बिनी प्रदेश सदस्य पार्वती बराल, अखिल नेपाल उद्योग व्यापार संघका केन्द्रीय सदस्य परसुराम लामिछाने लगाएत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

राष्ट्रिय जनमोर्चाले एमसीसीको खारेजी, संघीयताको विरोध तथा राष्ट्रियता र लोकतन्त्र रक्षाका लागि देशब्यापी कार्यक्रम गर्दै आइरहेको छ । सोही क्रममा असोज २० गते सातवटै प्रदेशमा विरोध सभाको आयोजना गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज १५ गते शुक्रबार