मनाइयो धान बाली विशेष कृषक दिवस



नेपालगन्ज ।

बाँकेको खजुरामा बिहीबार धान बाली विशेष कृषक दिवस मनाएको छ ।

कृषि अनुसन्धान निर्देशनालय खजुराले हरेक वर्ष सिजन अनुसार यो दिवस मनाउँने गर्दछ । निर्देशनालयका निर्देशक अमर बहादुर पुनले किसानहरुलाई बोलाएर धानका विभिन्न जात तथा विशेषताको बारेमा जानकारी गराइएको जानकारी दिए ।

दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी नेपाल कृषि अनुसन्धान परिषद्, बाली तथा बागवानी अनुसन्धानका निर्देशक राम बहादुर केसीले अहिलेसम्म नेपालमा १४४ जातका धान सूचीकृत भएको बताए ।

त्यसमध्ये २० प्रतिशत जातका धान मात्रै किसानहरु माझमा पुगेको छ । किसानलाई कृषि अनुसन्धान निर्देशनालय क्षेत्रमा प्रत्यक्ष अवलोकन गराई धानको बारेमा आवश्यक जानकारी गराइएको थियो ।

किसानहरुलाई निर्देशनालय भित्र हुने गरेका अन्य अनुसन्धानका गतिविधिहरु समेतको जानकारी र अवलोकन गराइएको हो । दिवसमा बाँके, बर्दिया जिल्लाका कृषक प्रतिनिधि, स्थानिय तहका कृषि प्राविधिक लगायतको उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज १५ गते शुक्रबार