नेपालगन्ज ।
नेपाल–भारत सिमा आवत जावत ब्यवस्थापनमा प्रभावकारी काम गर्न नसकेको भन्दै ईलाका प्रहरी कार्यालय जमुनाहाका ईन्चार्ज (सई) पूर्ण केसीलाई पनि जिल्ला तानिएको छ ।
यसअघि जिप्रका बाँकेले बुधबार ईप्रका जमुनाहामा कार्यरत १७ जना प्रहरीलाई एकैचोटी तानेको थियो । प्रहरी उच्च स्रोतका अनुसार केसीको ठाउँमा अर्को ईन्चार्ज पठाउने तयारी गरिएको छ ।
यसअघि जिप्रका बाँकेले सई केसी बाहेक अन्य प्रहरीलाई मात्र जिल्लामा तानेको समाचार सार्वजनिक भएपछि सर्वत्र विरोध भएको थियो । सई केसीलाई शुक्रबार बिहान १० बजेभित्र जिप्रका बाँकेमा हाजिर हुन निर्देशन दिईसकेको प्रहरी स्रोतले जनाएको छ ।
केसीलाई लुम्बिनी प्रदेशका डिआईजी मुकुन्द राज आचार्यले जमुनाहाको ईन्चार्ज बनाएर पठाएका थिए । भारतबाट फर्किनेबाट रकम असुल्ने ईलाका प्रहरी कार्यालय जैसपुर र भन्सार सुरक्षाका लागि खटिएका प्रहरीलाई बाँके प्रहरीले कारबाहीको दायरामा ल्याएको छैन ।
यी दुबै स्थानमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारी अनुकुलका ईन्चार्जहरु रहेका छन् । एसपी अधिकारीले सबै दोषजती जमुनाहा प्रहरीलाई मात्रै थोपारेर आफु अनुकुलका ईन्चार्जहरुलाई जोगाएका हुन् ।
जैसपुर चौकी र भन्सारमा रहेको प्रहरीबाट रकम जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अधिकारीलाई जाने गरेको बताइन्छ । जमुनाहाबाट भने सिधैं डिआईजीलाई मात्रै रकम जाने गरेकाले एसपी जमुनाहा प्रहरीसँग सुरुबाट नै रुष्ट रहेका थिए ।









प्रतिक्रिया दिनुहोस्