९० प्रतिशत मानसिक स्वास्थ्य उपचारबाट बञ्चित



डिल्ली शाही ।

नेपालमा मानसिक समस्या तिव्र रुपमा बृद्धि हुँदै गइरहेको छ । मानसिक समस्याहरुलाई न्यूनिकरण गर्नका लागि केन्द्रदेखि स्थानिय तहसम्म मानसिक रोग प्रति कसैको चासो छैनन् । तर मानसिक रोग मानिसको काल बनेर आएको छ ।

न त यसको उपचार छ न त यसको न्यूनिकरण गर्नका लागि अभियान । नेपालमा २०१७ मा गरिएको एक क्रस सेक्सनल समुदाय सर्वेक्षणका अनुसार नेपालमा ९० प्रतिशत मानसिक स्वास्थ्य उपचारबाट बञ्चित रहेको एक तथ्थांकले देखाएको छ । सो तथ्थांक अनुसार ९३.३५, मा उदासिनता, ९३.८५, मा चिन्ताजन्य समस्या, ९५.३५ मा आघातजन्य घटनापछि हुने मानसिक समस्या, २०.४५ मा रक्सिजन्य समस्या र आत्महत्याको सोच १०.९ ५ मा रहेको पाइएको छ ।

यस्तै डब्लुु एचओको २०१९ को तथ्यांक अनुसार विश्वमा ७ लाख भन्दा बढिले मानसिक समस्याका कारणले मृत्यु गरेको तथ्थांक देखाएको छ । जसमध्ये नेपाल आत्महत्याको सुचिमा ९ औं नम्बरको सुचिमा छ । यस्तै प्रहरी प्रधान कार्यालयका अनुसार देशभरमा २०७५÷०७६ देखि २०७८ जेठसम्म ३५ महिनामा १८ हजार ३ सय १९ वटा आत्महत्याका घटना भएका छन् ।

नेपालमा महामारी सुरू हुनुअघि २०७६ फागुनमा ४१७ ले आत्महत्या गरेको तथ्यांकले देखाएको छ । २०७७ असारसम्म आइपुग्दा यो संख्या दोब्बरभन्दा बढी ९६६ पुग्यो र साउनपछि कम हुँदै फागुनमा ४९९ जनामा कम भयो । फेरी गत वैशाख र जेठमा पुनः बढ्यो  र जेठमा ६६१ जनाले आत्महत्या गरे । सो तथ्थांक अनुसार हरेक दिन औसत २१ जनाले आत्महत्या गरेको देखिन्छ ।

यस्तै नेपाल प्रहरीको यस्तै बाँकेको २०७५÷०७६ देखि हालसम्मको तथ्थांक अनुसार मानसिक रोगका कारणले १ सय ११ जनाले आत्माहत्या गरेको छ । जस अनुसार आ.व. २०७५÷०७६ मा ३९, आ.व. २०७६÷०७७ मा ३२, आव २०७७÷०७८ मा ३१ र आव २०७८÷०७९ मा ९ जनाले आत्माहत्या गरेका छन् ।

बाँकेमा न योजना न कार्यक्रम

बाँकेका ८ वटै स्थानिय तहमा मानसिक रोगको उपचारको लागि कुनै योजना तथा कार्यक्रम नै छैन । कोही पालिकाहरुमा भने यस विषयमा अनविज्ञ नै छन् भने कोही थाहा पाएपनि आर्थिक अभावका कारणले योजना बन्न सकेका छ्रै्रनन् । यसै विषयमा कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले मानसिक स्वास्थ्य उपचारको अनविज्ञ भएको बताउँछन् । प्रत्येक वडाहरुबाट बजेट निर्माण हुन्छ, नगर सभाबाट त्यसलाई पूर्णता दिइन्छ तर मानसिक स्वास्थ्य उपचारको लागि कार्यक्रम आएको छैन् रावत बताउँछन् । यस्तै आर्थिकका कारणले योजना बनाउन नसकेको नेपालगञ्ज उपमहानगरपालिका धवलसम्शेर राना बताउँछन् । एउटा पालिकाले मात्र गरेर हुँदैन, यसको लागि सबै पालिकाहरुसंगको समन्वयमा मात्र सफल हुन सजिलो हुने प्रमुख रानाले बताए ।

के हो मानसिक रोग

मानिसको मस्तिष्कले गर्ने विभिन्न कार्यहरू स्मरण शक्ति, बोली, भावना, चेतना, विचार, आदि कार्यमा गडबडी हुनु नै मानसिक समस्या हो । नेपालमा डिप्रेसन, एन्जाइटी डिसअर्डर, निद्रासम्बन्धी रोग, मानसिक असन्तुलन, छारे रोग लगायत मानसिक समस्या देखिने गरेका छन् । रक्सी सेवनको लत पर्नु, बालबालिकामा हुने बौद्धिक अपांगता, अटिजम, डिमेन्सिया आदि समस्या पनि मानसिक रोग हो ।

सरकारी योजना नहुँदासम्म  समाधान  हुन  सक्दैन ।

नेपाल चिकित्स संघका केन्द्रिय सदस्य मानसिक रोग विशेषज्ञ डा. रितेश थापा


१. नेपालमा मानसिक रोगको समस्या अवस्था कस्तो छ ?

नेपालमा राज्यको कमजोर स्वास्थ्य सेवा, जनशक्तिको पूर्वतयारी नहुनु, महामारीको त्रास, नागरिकलाई सामाजिक सुरक्षाको ग्यारेन्टी गर्न नसक्नुले मानसिक समस्याले गर्दा विकराल बन्दै गएकोे छ । करिब १० वर्ष पहिले मानसिक रोगका विरामीहरु थिए तर यति धेरै थिएनन् तर अहिले महामारीका कारणले गर्दा बढेको हो भन्ने आकलन गर्ने सकिन्छ । कोरोनाबाट मृत्यु हुनेको संख्या बृद्धि भयो । अक्सिजन, बेड सहज रुपमा पाइएन, आफ्न्तहरुलाई बचाउन नसकेको कारणले गर्दा आत्माहत्या सम्म पु¥र्यो । अहिले नेपालमा १८ हजारभन्दा बढिले मानसिक रोगका कारणले गर्दा आत्माहत्या गर्ने पुगेका छन् ।

३. केन्द्र, प्रदेश र स्थानीय तहले मानसिक रोगको समस्याको बारेमा कतिको चासो दिएको पाउनुभएको छ ?

नेपालमा दुई वर्षदेखि चासो देखाएको छ । विगतका वर्षहरुमा नेपाल सरकारले चासो देखाएको थिएन । केन्द्रदेखि स्थानीय तहसम्म कार्यान्वनको पक्षमा केही कमी भएको देखिन्छ । सरकारी अस्पतालमा दुई वर्षदेखि कोटा नै खोलेको छैन खोले पनि १÷२ जना मात्र खोलेको हुन्छ । नेपालमा १ सय ७० जना मानसिक रोग विषशज्ञ डाक्टरहरु ३ करोड नागरिकलाई उपचारको लागि खटिरहेका छौं । तर पहिलेको भन्दा केही सुधारउन्मुख भएको छ ।

४. यसको रोकथाम तथा न्यूनिकरणका लागि के गर्नुपर्दछ ?

मानसिक रोगको समस्यालाई रोकथाम तथा न्यूनिकरण गर्नका लागि जनचेतनाको स्तर बढाउनुपर्ने हुन्छ । यो समस्या समाधानका लागि सरकारले विशेष कार्यक्रम नल्याए परिस्थिति झन् जटिल बन्न सक्छ । नेपाल प्रहरीको मात्र एकल प्रयासले आत्महत्याको दर घटाउन सक्दैन । सबै जनसरोकारवालाहरुको सामुहिक प्रयासले मात्र यसको आवश्यकतामा जोड दिनुपर्दछ । हाम्रो समुदायमा मनोपरामर्शमा जाँदा आफ्नो प्रतिष्ठामा कमी आउने हो की भन्दै मानसिक समस्याले निकै ठुलो रुप लिन सक्छ । त्यसकारणले परिवारमा कोही सदस्यले एकोहोरिने जस्ता असामान्य व्यवहार देखाए परिवार अन्य सदस्यले तत्काल मनोपरामर्श तथा उपचारमा ध्यान दिनुपर्दछ । हाम्रो खानपान, सोच, विचार, सकारात्मक भावनाको विकास गर्ने, तनाव व्यवस्थापन गर्ने, व्याम गर्ने हो भने मानसिक रोग लाग्दैन् ।  प्रस्तुति : डिल्ली शाही

  • No tags available
प्रकाशित मिति : २०७८ असोज १४ गते बिहीबार