प्याब्सन कोहलपुरको नेतृत्वमा सुवेदी



कोहलपुर ।

निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) कोहलपुर नगर कमिटीको अध्यक्षमा गोविन्द सुवेदी निर्विरोध चयन भएका छन् ।

प्याब्सन कोहलपुर नगर कमिटीको दोस्रो अधिवेशनबाट सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । जसको सचिवमा रमेश केसी र कोषाध्यक्षमा मित्र ओली चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा समीर घर्ती र सुवास कार्की रहेको प्याब्सन कोहलपुर नगर कमिटीले जनाएको छ ।

प्याब्सन कोहलपुर नगर कमिटिको दोस्रो अधिवेशन सोमबार सम्पन्न भएको थियो ।

अधिवेशनको उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले नीजि विद्यालयहरुले शिक्षामा ठूलो योगदान पु¥याएपनि सरकारबाट सधैं हेपिएको महशुस हुने गरेको बताएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज १२ गते मंगलबार