रुपन्देही ।
ट्रकले ठक्कर दिदा आमा-छोराको मृत्यु भएको छ। रुपन्देहीको सैनामैना नगरपालिका ५ स्थित पूर्व–पश्चिम लोकमार्ग खण्डमा आज बिहान भएको दुर्घटनामा आमा र छोराको मृत्यु भएको हो ।
मृत्यु हुनेमा अन्दाजी ४२ वर्षीया राधा भट्टराई र उनका छोरा अन्दाजी २२ वर्षीय महेश भट्टराई रहेको इलाका प्रहरी कार्यालय सालझण्डीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ८ ख ४४११ नंको ट्रकले पैदल यात्रा गरिरहेका भट्टराई आमाछोरालाई ठक्कर दिएको थियो । सो दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति : २०७८ असोज १२ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्