२ घण्टापछि खुल्यो कोहलपुरको चक्काजाम



कोहलपुर ।

पूर्व पश्चिम राजमार्गको कोहलपुरको किरणनाला नजिकै गरिएको चक्काजाम खुलेको छ ।

शनिबार राति कोहलपुर नगरपालिका–५ एनसिसिएन नजिकै ट्रयाक्टरले ठक्कर दिदाँ मोटरसाईकलमा सवार कोहलपुर– २ का सन्तोष अधिकारीले ज्यान गुमाएका थिए ।

मृतक अधिकारीका आफन्त तथा स्थानीयहरुले उचित क्षतिपूर्तीको माग गर्दै सोमबार दिउँसो एक बजेदेखि टायर बालेर प्रदर्शन गरेका हुन् । मृतकका छोराछोरीलाई शिक्षाको ग्यारेण्टी हुनुपर्ने माग राख्दै राजमार्ग अवरुद्ध पारिएको थियो ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रबिन्द्र खनालले बन्द रहेको राजमार्ग दिउँसो तीन बजेदेखि सञ्चालनमा आएको जानकारी दिए ।

सकेसम्म पीडितसँग प्रहरीले मंगलबार दिउँसो साढे २ बजेसम्म ट्याक्टरका मालिकलाई कोहलपुरमा उपस्थिती गराउने प्रतिबद्धता जनाएको छ ।

दुर्घघटना लगत्तै फरार रहेका ट्याक्टर चालकलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले आईतबार दिउँसो नै पक्राउ गरिसकेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज ११ गते सोमबार