पूर्वपश्चिम राजमार्ग ठप्प, कोहलपुरमा मृतक परिवारद्वारा आन्दोलन



काेहलपुर ।

पूर्वपश्चिम राजर्मा पूर्ण रुपमा ठप्प्प भएको छ । बारा जिल्लाका ट्याक्टरका साहु निरोध आलम अन्सारी नआएपछि मृतक परिवारले आन्दोलन गरी पूर्वपश्चिम राजर्मा पूर्ण रुपमा ठप्प्प गरेको हो ।

बाँकेको कोहलपुरमा शनिबार राती मोटरसाईकलाई ट्रयाक्टरले ठक्कर दिदाँ एक युवकको ज्यान गएको थियाे ।

शनिबार राती ८ बजेतिर कोहलपुर नगरपालिका– ५ एनसिसिएन नजिकै ट्रयाक्टरले ठक्कर दिदाँ मोटरसाईकलमा सवार कोहलपुर– २ का सन्तोष अधिकारीको मृत्यु भएको थियाे।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु २ त ४७८४ नम्बरको ट्रयाक्टर र पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको भे ९ प ५६७८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका अधिकारीलाई नजिकै रहेको कोहलपुर मेडिकल कलेजमा पु¥याइएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

ठक्कर दिने ट्रयाक्टर ईलाका प्रहरी कार्यालय कोहलपुरको नियन्त्रणमा रहेको छ भने ट्रयाक्टरका चालक फरार रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज ११ गते सोमबार