21 May 2024  |   मङ्लबार, जेष्ठ ८, २०८१

पिपिरीमा जीपले किच्दा एक युवाको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, अशोज ११, २०७८  

कोहलपुर ।

नेपालगन्ज–कोहलपुर सडक खण्डको पिपिरीमा जीपको ठक्करबाट एक युवाको ज्यान गएको छ ।

आईतबार राती करिब साढे ८ बजेको समयमा कोहलपुर नगरपालिका, ८ पिपिरीमा स्थानीय ३६ वर्षीय धर्मराज घर्तीलाई ठक्कर दिएको थियो ।

लगत्तै स्थानीयहरुले उद्दार गरेर उनीलाई उपचारका लागि मेडिकल कलेज कोहलपुर पु¥याएपनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

कोहलपुरदेखी नेपालगन्ज तर्फ जाँदै गरेको लु १ च ७९८७ नम्बरको जीपले घर्तीलाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । ठक्कर दिने जीप र चालकलाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

प्रकाशित मितिः सोमवार, अशोज ११, २०७८     11:14:33 AM  |